Websoft University

उद्योग संगठन मोरंग र मोरंग व्यापार संघको संयुक्त प्रेस विज्ञप्ति


बिराटनगर बैशाख १७ गते । रातो तारा डट कम,मोरंङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा दुबै संस्थाका कार्यसमिति सदस्यहरुको सहभागितामा वौद्धिक वर्ग र अर्थशास्त्रीहरुका साथ नेपालको अर्थतन्त्रको वर्तमान अवस्था कोविड–१९ पछिको अर्थतन्त्रको परिदृश्यका विषयमा सामाजिक दुरी कायम गर्देै छलफल कार्यक्रम आज मिति २०७७ बैशाख १७ गते, बुधबारका दिन सम्पन्न गरको
छ । 

छलफलमा उपस्थित अर्थशास्त्रीले कोविड–१९ पछीको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना गर्नु पर्ने, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा लगाउनु पर्ने, एग्रो इण्डष्ट्रियल लिंकेज हुने नीति अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

अर्थशास्त्रीहरुले सरकारले अविलम्ब अल्पकालिन दिर्घकालिन नीति ल्याई कार्ययोजना बनाई यस अघिका नीतिहरुलाई परिमार्जन गर्दै अगाडी बढेमा वर्तमान चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सकिने धारणा राख्नु भयो ।

कार्यक्रमको प्रारम्भमा उद्योग संगठन मोरंगका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले कोविड–१९ पछी सरकारले कस्तो कार्ययोजना बनाई अघी बढेमा आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने विषयमा केन्द्रित रहि अर्थशास्त्री, वौद्धिक वर्गसँग छलफल आयोजना गरिएको बताउनु भयो । 

उहा“ले आगामी दिन सरकार, र नीजि क्षेत्र दुवैका लागि चुनौतिपूर्ण भएकाले चुनौतिलाई कसरी अवसरका रुपमा प्रयोग गर्न सकिन्छ,  त्यसका लागि सरकारले अख्तियार गर्नु पर्ने नीति कस्तो हुनुपर्छ र नीजि क्षेत्रको विकासका लागि सरकार, नीजि क्षेत्रबीच कुन कुन विषयमा हातेमालो गरी अगाडी वढ्ने भन्ने विषयमा नेपाल सरकार, प्रदेश सरकार समक्ष नीजि क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गर्न छलफलले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोविड–१९ ले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो रहन नसक्ने भएकाले सरकारले आगामी दिनमा उद्योग÷व्यवसाय क्षेत्रको विकासका लागि तय गर्नुपर्ने नीतिका सम्बन्धमा बौद्धिक वर्गबाट प्राप्त सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले छलफल आयोजना गरिएको बताउनु भयो ।

छलफलमा अर्थशास्त्री डा. भेष प्रसाद धमलाले यस अघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी दिनका योजना तर्जुमा गर्नु पर्ने, संरचनात्मक परिवर्तन गर्नु पर्ने, आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनु पर्नेमा जोडदिनु भयो ।

अर्थशास्त्री डा. अर्जुन बरालले विश्व आर्थिक मन्दीको यस अवस्थाबाट पार पाउन सम्पूर्ण नीति मै परिवर्तन ल्याई विशेष गरी एग्रो प्रोशेशिङ्ग, एग्रो इण्डष्ट्रियल लिंकेजमा जोड दिनु पर्ने धारणा राख्नु भयो । 

अर्थशास्त्री डा. पि.के.झाले वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिालई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाउन कृषि अर्थतन्त्रको विकासमा जोड दिनु पर्ने, नीजि क्षेत्रका उद्योग÷व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु पर्नेमा जोड दिनु भयो ।

अर्थशास्त्री डा. वेदराज आचार्यले अन्य कुराको साथ साथै शासन संचालनमा पनि सुधार गरेर अगाडी बढनु पर्नेमा जोड दिनु भयो । उहा“ले नीति नियम जतिसुकै राम्रो भएपनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकोले शासन प्रणालीमा सुधार ल्याउनु पर्ने सुझाव दिनु भयो ।

प्राध्यापक विजु थपलियाले आर्थिक एवम् उद्योग÷व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पूर्नजिवन दिन एक्शन प्लान बनाउनु पर्ने, रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने, त्यसकालागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नु पर्ने धारणा राख्नु भयो ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले कोरोनाबाट सिर्जित अवस्थाले क्रमभंग भएकाले नविनतम अवसरको रुपमा आगामी दिनमा अगाडी बढनु पर्ने बताउनु भयो । उहाले स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जन ागर्ने नीति बनाउन प्रदेश सरकारले ल्याउन ध्यान पु¥याउने बताउनु भयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ प्रदीप मुरारका, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, विपिन कावरा, तारानाथ निरौला, संघका महासचिव अनिल कुमार साह, सचिव अनिल सारडा, संघका का.का.सदस्य मनिष कुमार मारुको सहभागिता रहेको थियो ।

मितिः २०७७ बैशाख १७ गते, बुधबार । 
विराटनगर 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.