Websoft University

प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन ः मन्त्री घिमिरे


विराटनगर, वैशाख १७ गते । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनु भएको छ । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उहाँले जोड दिनुभएको हो । 

सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका माध्यमबाट जिविकाको साधन खोजी गरिनुपर्ने बताउनुभयो । जनशक्तिको उत्पादनविना प्रविधिको गीत गाउन नसकीने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ जनशक्ति उत्पादनको केन्द्र शिक्षालय हो ।’ शिक्षकहरु दक्ष भएमात्र जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकमा इ—लर्निङको ज्ञान हुनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो । शिक्षकलाई दक्ष बनाउनुपर्छ भन्ने सोचका आधारमा मन्त्रालयले पहिलो क्रियाकलाप शिक्षक केन्द्रित गरेको उहाँले बताउनुभयो । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्नुअघि देखि नै इ—लर्निङ काम शुरु गरिसकेको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश १ लाई १० वर्षभित्रमा झोला र किताव विस्थापीत गर्ने घोषणा अनुसार मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । 

प्रदेश १ का १ सय विद्यालयका १ सय फोकल शिक्षकलाई केन्द्रित गरेर इ—लर्निङ काम शुरु गरेपछि यसको माग बढ्दै गएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले प्रविधितर्फ अहिले आकर्षण बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘ भविष्यको गन्तव्य प्रविधिबाट तय हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ नयाँ सिकाईको खोजीमा रहेको र थालनी भएको उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.