Websoft University

प्रदेश १ का मेसुहरु भन्छन्, ‘जिल्ला अस्पतालहरुमा पीपीईको अभाव छ ।’


विराटनगर  वैशाख १८ गते । रातो तारा डट कम, प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको बताएका छन् ।

प्रदेश सरकारबाट प्राप्त पीपीई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पीपीई पनि सकीएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रमित बढेको खण्डमा पीपीईको अभावमा काम गर्न नसकीने उनीहरुले बताएका छन् । प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्टहरुले पीपीईको तत्काल व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग आज गरिएको भिडियो संवादमा मेडिकल सुपरीटेन्डेन्टहरुले सो कुरा बताएका हुन । मेसुहरुले अस्पतालहरुमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवाहरुपनि सञ्चालनमा रहेको बताएका छन् ।  उनीहरुले विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन पनि माग गरेका छन् । 

इलाम अस्पतालका मेसु डा.प्रमोद साहले पीपीईको अभाव भएको बताउनुभयो । अभावकावीच सेवा दिईरहेको उहाँले बताउनुभयो । विदेशबाट आएकाहरु र बाहिरी जिल्लाबाट आएकालाई अनिवार्य  क्वारेन्टाईनमा राखिएको उहाँले बताउनुभयो । जिल्लामा कोभिड १९ का लागि छुट्टै एम्वुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

पाँचथर जिल्ला अस्पतालका मेसु डा. बुद्धिबहादुर थापाले पीपीई, एन ९५ मास्क अभाव भएको बताउनुभयो । उहाँले आवस्यक जनशक्ति र बजेटको पनि अभाव भएको सुनाउनुभयो । ताप्लेजुङ अस्पतालका मेसु डा. सनि लामाले अस्पतालमा दरवन्दी कम भएको बताउनुभयो । अन्य जिल्ला अस्पताल सरह सेवा दिएपनि दरबन्दी कम भएको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड १९ को व्यवस्थापनका लागि दैनिक काम भईरहेको बताउनुभयो । 

भोजपुर जिल्ला अस्पतालकी निमित्त मेसु डा. पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको बताउनुभयो । पीपीई आँफै व्यवस्थापन गरेर काम चलाईरहेको उहाँको भनाई छ । जिल्लामा संक्रमित बढेमा पीपीई अभाव हुने उहाँको भनाई छ । सोलुखुम्वु जिल्ला अस्पतालकी निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्वुलेन्स नहुँदा विरामीलाई उपचारका लागि लैजानुपर्ने अवस्था आए समस्या हुने बताउनुभयो । जिल्ला अस्पतालमा एउटा पनि सवारी नभएको उहाँले गुनासो गर्नुभयो । 

ओखलढुङ्गा जिल्ला अस्पतालका मेसु डा. सन्तोष देवले पीपीई र एन ९५ मास्कको अभाव रहेको बताउनुभयो । धनकुटा जिल्ला अस्पतालका मेसु पुजन विश्वकर्माले स्थायी मात्रै नभएर सवै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पीपीई वितरण भईसकेको उहाँले बताउनुभयो । शंकास्पद विरामी बढेमा पीपीई अभाव हुने उहाँको भनाई छ । 

सुनसरी जिल्ला अस्पतालका मेसु डा. सन्तोष राईले अस्पतालले नियमित रुपमा स्वाव संकलन, फिवर क्लिनिक र मोवाईल क्लिनिक सञ्चालन गरिरहेको बताउनुभयो । सुनसरीमा पीपीई अभाव रहेको बताउनुभयो । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आईसोलेसनमा रहेका विरामीको लागि खाना खर्चको अभाव भएको बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामाग्री अभावको विषयमा ध्यानाकर्षण भएको बताउनुभयो । थप जनशक्ति तत्काल व्यवस्थापन गर्न नसकीने उहाँले बताउनुभयो । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पठाएको पीपीईको सही सदुपयोग नभएको बताउनुभयो । स्वास्थ्यकर्मी भन्दा पनि जनप्रतिधिहरुले पीपीई लगाएर हिड्दा समस्या भएको उहाँले बताउनुभयो । पीपीईको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको बताउनुभयो । उहाँले शक्तिशाली देशहरुमा पनि पीपीई अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पीपीई प्रदेश सरकारले न्युनतम रपमा व्यवस्थापन गरेको छ ।’ 

कस्ले कस्तो पीपीई लगाउने भनेर नबुझ्दा पनि समस्या भएको उहाँको भनाई छ । कोरोनाको त्रासका वीचमा पनि अस्पतालहरुले अत्यावसकीय सेवा सँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो । शुरुवातका दिनमा कोरोनाको आतंक स्वास्थ्यकर्मीमा देखिएपनि अहिले त्यो त्रास हटेर गएको आँफुले पाएको उहाँले बताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.