Websoft University

सोमप्रसाद पाण्डे संयोजकत्वमा अध्ययन संसदीय उपसमिति गठन


काठमाण्डौ साउन १६ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । 

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय फेरि सुरु गरेको प्रश्न उठेपछि समितिको बैठकले अध्ययन गर्न उपसमिति गठन गरेकोहो । नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको उपसमितिमा सांसद प्रकाश रसाइली, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य रहेका छन् । 

समिति सभापति विमल श्रीवास्तवले उपसमितिले प्रत्यक्ष बिक्रीसम्बन्धी कानून र नेटवर्किङ ठगीको विषयमा सार्वजनिक भएका विषय अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने गरी उपसमिति गठन गरेको बताउनुभयो । बैठकमा सांसदले अहिले प्रत्यक्ष बिक्रीसम्बन्धी कानुनलाई टेकेर अनुमति दिइएका कतिपय व्यवसाय नेटवर्किङ व्यवसायकै नयाँ रुप हो भन्दै यसलाई रोक्न माग गरेका थिए । 

तर बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका अधिकारीले भने प्रत्यक्ष बिक्रीसम्बन्धी ऐनअनुसार अनुमति पाएका व्यवसायलाई नेटवर्किङ व्यवसाय भन्न नमिल्ने बताएका थिए । 

उनीहरुले यस्ता कम्पनीबाट विगतमा जस्तो ठगी नहुने र बिक्री हुने बस्तुको गुणस्तरमा पनि कमी नहुने बताएका थिए । उक्त ऐन अनुसार नेपालमा हाल ७ वटा कम्पनीले इजाजत पाएका मन्त्री भट्टले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.