Websoft University

वडा कार्यालयलाई जनताको सहयोग

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,वराहक्षेत्र ३ नडाहा स्थित जनताको वडा कार्यालय निर्माणका लागि बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ ।

जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र रुद्रबहादुर दाहालबाट १ लाख ५१ हजार प्राप्त भएको छ ।

अमृतबहादुर खडकाबाट ५१ हजार, निरकुमार कार्कीबाट ११ हजार ५ सय ५५, तुलमति एभेङ लिम्बूबाट १५ हजार १ सय, कमला थापाबाट ११ हजार, अर्जुन कार्कीबाट ५ हजार ५ सय र स्वर्गीय माता मोतीमाया राईको नाममा छोरा उत्तमकुमार राई कान्छाले १० हजार रुपैयाँ प्रदान गरेको निर्माण समिति अध्यक्ष पुरीले जानकारी दिए ।

वराहक्षेत्र ३ नडाहास्थित मुख्य चोकमा ६ कोठे भवन वडा कार्यालय सञ्चालनका लागि निर्माण भइरहेको छ । हालसम्म २१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी स्थानीयबाट इटा, ढुंगा, बालुवा, काठलगायत जिन्सी सहयोग समेत भइरहेको छ ।

चारकोशे झाडीको छेऊमा रहेको नडाहा केही दशक अघिसम्म स्याल कुद्ने क्षेत्रका रुपमा बुझिन्थ्यो । ‘नड्या’बाट अपभ्रंश हुँदै नडाहा बनेको यो चोक अहिले वरिपरिको केन्द्र भएको छ । यहाँबाट धरान हुँदै कोशी राजमार्ग, चतरा हुँदै पूर्वपश्चिम लोकमार्ग, चक्रघट्टी हुँदै सुनसरी सदरमुकाम इनरुवा, कालाबन्जार– हुँदै इटहरी र पूर्वपश्चिम राजमार्ग छोएको छ । ६ लेनको सडक, फराकिलो चोक खुला वातावरण र आसपासका मनोरम दृष्यले नडाहा मनोरम बनिरहेको वडाध्यक्ष रुद्र दाहाल बताउँछन् । संयोगको कुरा नडाहा चोक नौ वटा शाखा बाटोले जोडिएको छ ।

वराहक्षेत्र नगरपालिकाले निर्माण गर्ने वडा कार्यालयमा नीतिगत विवाद भएपछि जनस्तरबाट नडाहामा वडा कार्यालय निर्माण भइरहेको छ । ‘आगामी भदौ पहिलो हप्ताभित्र जनताको वडा कार्यालय समुद्घाटन गर्ने योजना छ’ निर्माण समिति अध्यक्ष पुरीले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.