Websoft University

नेपालमै पहिलो पटक सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम अब नेपालमै उत्पादन हुने

शिव भट्टराई, मोरङ साउन १६ गते । रातो तारा डट कम,नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो । उद्योगबाट अब दुई वर्षभित्रमा सर्पले डसेका बिरामीका लागि आवश्यक पर्ने औषधि उत्पादन गर्ने लक्ष्य राखेर काम थालिएको हो ।एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफयाक्चरिङ प्रालि स्थापना गरेर काम थालिएको हो । यसका लागि भौतिक पूर्वाधारको काम कोरोना भाइरसको महामारी सुरु हुनुअघि नै थालिएपनि महामारीले गर्दा अहिले रोकिएको छ । सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नु पर्ने हुन्छ ।दुई वर्षपछि वार्षिक १५ लाख भायल एन्टि भेनम उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको लागि पाँच सय हाराहारी सर्प र घोडा दुवै आवश्यक छ । उद्योगको सुरुवात कामसँगै अहिले यहाँ सर्प संकलन र घोडा पाल्न थालिएको छ । भायल एन्टि भेनम उत्पादन गरेपछि नेपालसँगै एशिया र अफ्रिका देशमा समेत निर्यात गर्ने लक्ष्य राखिएको प्रालिका अध्यक्ष लक्ष्मी फूयँलले बताए ।  

यहाँ सुरुवातमा सर्प पालिने र त्यसपछि औषधि उत्पादन गर्न थालिनेछ । उद्योगका स्थापनासँगै उत्पादन गरेर बजार पुर्‍याउँदासम्म ८८ करोड ६३ लाख रुपैयाँ लाग्नेछ । नेपालले अहिले भारतबाट वार्षिक ३० हजार भायल एन्टी भेनम खरीद गरेर ल्याउने गरेको छ ।

बिषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सवै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक दस लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने प्रालि अध्यक्ष फूयँलको दावी छ । ‘भारतले पनि अहिले नेपाललाई पर्याप्त भायल एन्टी भेनम दिदैन,’ उनले भने, ‘अब हामीले जब उत्पादन सुरु गछौं अनि गाउँपालिका र नगरपालिकास्तरसम्म सर्पदंशउपचार केन्द्र खोल्न सचेतनामूलक कार्यक्रम लिएर हिड्नेछौ ।’

सर्पले टोकेका बिरामी बचाउन ‘एन्टी स्नेक भेनम’ औषधि बनाउन सर्पको बिष घोडामा सारेपछि बनाउन सकिन्छ । जसका लागि सर्प र घोडा पाल्नसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नका लागि आठ विघा जग्गा प्रयोगमा ल्याइनेछ । प्रालिका अध्यक्ष फूयँलले कानुनी र अन्य बाधाले गर्दा ढिलाई हुन गएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.