Websoft University

गछिया बचत तथा ऋण सहकारी संस्थाले मनायो १५ औं वार्षिक साधारण सभा

शिव भट्टराई, मोरङ साउन १६ गते । रातो तारा डट कम,प्रदेश नं १ मोरङको सुन्दर हरैंचा नगरपालिका वार्ड नं ३ गछिया स्थित गछिया बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार सुन्दरहरैंचा वार्ड नं ३ मा रहेको जुपिटर इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष अर्जुराज अधिकारीको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि निरौलाले नीतिनियममा आधारित रहेर सहकारी ऐन अनुसार चाँडो भन्दा चाँडो सहकारी एकीकरण गरेर सहकार्य गरेकोमा संस्थालाई धन्यवाद दिँदै उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए भने कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष नागेश पोखरेलले स्वागत मन्तव्य त्यस्तै सहकारी अभियन्ता कृष्ण प्रसाद दाहाल ,हेमन्त कार्की र हरी प्रसाद घिमिरेले शुभकामना मन्तव्य दिएका थिए।

हाल सम्म २० करोड कुल सम्पत्ति साथै ३२ लाख कुल नाफा गर्न सफल भएको यस संस्थाले जम्मा १८८८ जना सेयर सदस्य बनाउन सफल भएको छ ।साधारण सभामा प्रतिवेदन संस्थाका सचिव साथै कार्यक्रम संचालक कृष्ण प्रसाद भुर्तेल, आर्थिक प्रतिवेदन लक्ष्मी प्रसाद गौतम, लेखा परीक्षण प्रतिवेदन लुबाराज आचार्यले प्रस्तुतगरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.