Websoft University

कल्भर्टमा आएको बाढिले बगाउदा मृत्यु

गाईघाट १४ साउन । रातो तारा डट कम,बाढीले बगाएर उदयपुरको वेलकामा मंगलबार साझ एक युवकको मृत्यु भएको छ । वेलका नगरपालीका ३ भोटेपुल नजिकको कल्भर्टमा आएको बाढिले बगाउदा धरान उपमहानगरपालीका ५ का ३५ वर्षिय कर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राई वेलका ३ सिसौली टप्पुमा तरकारी खेती गर्दै आएका थिए । सोमबार उनी खेती हेर्न आएका थिए। भोली पल्ट धरान फर्किने क्रममा उनी चढेको प्रदेश १–०२ –००२ नम्बरको स्कार्पियो गाडी कल्भर्डको बाढी मा तर्न नसके पछि पानीको सतह हेर्न उनी आफै भेलमा पसेका थिए । उर्लदो भेलले उनलाई तत्कालै बगाए पछि उनी बेपत्ता भएका थिए । वेपत्ता राईको शव बगाएको स्थान देखी झण्डै ६ सय मिटर तल वुधबार भेटीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि गोबिन्द पुरीले बताए । मृतक संगै गएका नातामा साला पर्ने अबिराज राई गाडीमै रहेकाले गर्दा उनी सकुसल रहेका प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.