Websoft University

विनायक बजार जोखिममा छेउबाटै पैहिरो गयो


काठमाण्डौ साउन १५ गते । रातो तारा डट कम,पहिरोका कारण विनायक बजार जोखिममा रहेको छ । सोमबारबाट परेको अविरल बर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रबिन्दु विनायक बजार नै उच्च जोखिममा रहेको हो ।

न्यु रोड स्थित वडा नम्वर ३ विनायकका हृदय राज अधिकारीको घरको पछाडीबाट पहिरो बग्न थालेपछि अन्य पसल तथा घरहरु उच्च जोखिममा रहेका हुन । बजारका अन्य ठाउँमा पनि निरन्तरको बर्षाले जोखिम निम्त्याएको छ । बजारबाट मध्यपहाडी राजमार्गसम्म जोडिएको सडक खण्डमा ठुलो पहिरोका कारण आवत जावतमा समेत सास्ती हुने गरेको स्थानीयले बताएका छन् । 

यस्तै पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय अगाडीबाटनै ठुलो पहिरो जाँदा नगरपालिकाको कार्यालय,इलाका बन कार्यालय र आसपासका घर तथा पसलहरु उच्च जोखिममा छन् । नगरपालिकाको मुख्य गेटबाटनै पहिरो गएको महिना दिन बितिसक्दा समेत समन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

विनायक बजारका ठाउँ ठाउँमा गएको पहिरोले स्थानीयबासी तथा बजारबासीहरु त्रसित भएरका छन् । सोमबारबाट निरन्तर परिरहेको अविरल बर्षाले अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् । असारे बजेको चटारोमा हतार, हतार निर्माण तथा मर्मत भएका अन्य बिकासे योजनाहरु बेकाम्मे भएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.