Websoft University

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो–नेपाल भारत बोर्डरमा कडाई नगरे कोरोनाले नेपाललाई सकटमा पार्न सक्छ ?


काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । 

योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ६ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ४९ पुगेको छ ।

यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ लाख ८० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.