Websoft University

महेन्द्र मोरङ क्याम्पसमा अराजकता बाहिरीयो


विराटनगर साउन १३ गते । रातो तारा डट कम, बौद्धिक चोरीमा संलग्न भई कार्वाहीमा परेका डा. विमलकुमार कण्ठको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अराजकता बढेको छ ।

त्रिभुवन विश्वविद्यालयले त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस एकाईका सभापति उपप्राध्यापक डा. कण्ठलाई बौद्धिक चोरी गरेको आरोपमा २०७७ चैत ४ मा दुई वर्षसम्म कुनै अनुसन्धान लगायतका कार्य गर्न नगराउने गरी कार्वाही गर्ने निर्णय गरेको थियो । तर, उनले त्रिवि प्राध्यापक संघको क्याम्पस एकाई अध्यक्षको हैसियतले काम कारवाहीको प्रक्रिया अगाडी बढ्दै क्याम्पसमा अराजकता बढाएको प्रध्यापकहरूले गुनासो गरेका छन् ।

कण्ठले अहिले पनि महेन्द्र मोरङ क्याम्पसका समग्र प्राध्यापकहरूको नेतृत्व गर्दै अध्यक्षको हैसियतमा क्याम्पसका महत्वपूर्ण निर्णयदेखि अनुसन्धानात्मक गतिविधिमा सम्लग्न हु“दै आइरहेका छन् । त्रिविले चैतमा कार्वाही गरी निर्णय सार्वजनिक गरेपनि साउन लागिसक्दा पनि उनले पहिलेकै हैसियत देखाएर काम गर्दा क्याम्पसमा अराजकता सुरु भएको प्राध्यापकहरुको गुनासो छ । क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भई दैनिक प्रशासनिक कार्य, परीक्षा, विद्यार्थी भर्ना लगायतका कार्यमा असहजता सिर्जना भएको छ ।

डा. कण्ठले आफ्नो कारवाहीको रिस फेर्न अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा नै ताला लगाएर विरोध भएको छ । कोरोना महामारीको बेलामा परीक्षा सञ्चालन भैरहेको क्याम्पसमा खोपको माग गर्नु पर्नेमा कोरोना पीडित प्राध्यापक कर्मचारी, विद्यार्थीको पक्षमा कुरा गर्नको साटो खानेपानी र आर्थिक पारदर्शिताको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा असार १८ गते शुक्रबार एक्कासी ताला लगाएका थिए । अहिलेसम्म प्राध्यापक संघले लगाएको ताला खुलाइएको छैन ।

पछि आंशिक प्राध्यापक संघलाई उक्साएर तालाबन्दी र धर्ना गर्न लगाए पनि उनीहरुले डा. कण्ठको नियत बुझेर क्याम्पस प्रशासनस“ग छलफल गरी आफ्ना आन्दोलनका कार्यक्रम गत सोमबारबाट फिर्ता लिई आफ्नो काममा फर्किसकेका छन् ।

उनकै नेतृत्वमा बसेको संघको बैठकको निर्णय अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने निर्णय गरी असार १८ गते ताला लगाएको थियो ।

प्राध्यापक संघले समग्र प्राध्यापकको हितका लागी लड्नु पर्नेमा समितिमा नै रहेका उपाध्यक्ष श्रीकृष्ण यादव, सहसचिव उमेश यादव र सदस्य शिवनारायण चौधरीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गर्न लविङ गरेको थियो । अरु प्राध्यापकको लागि लड्नु पर्ने ठाउ“मा बसेकाहरु आफैका लागि पदको बार्गेनिङ गर्दासमेत क्याम्पस प्रमुखले वास्ता नगरी चौधरीलाई मात्र नियुक्त गरेको भन्दै त्यसको लगत्तै तालाबन्दी गरेको जनाइएको छ ।

बौद्धिक कार्वाहीमा व्यक्ति क्याम्पसको मुख्य भूमिकामा रहेकाले आफूमाथि अनिष्ठ आए नलागोस् भनेर कोही पनि उनका गलत क्रियाकलापको खुलेर बोल्न सकेका छैनन् ।

क्याम्पसका हरेक कार्यमा प्राध्यापक संघको अनिवार्य प्रतिनिधित्व चाहिन्छ त्यसमा सभापति भएर डा.कण्ठ नै उपस्थित हुने गरेका छन् । उनले नैतिकतामा आधारमा राजीनामा नगरुञ्जेलसम्म यस्तै समस्या हुने एक प्राध्यापकले बताए ।

डा.कण्ठले लेखेको चार वटा अनुसन्धान लेखमा अरुको लेखको धेरैजसो हुबहू परेको त्रिविले बनाएको छानविन टोलीले प्रतिवेदन दिएको थियो । फ्रान्सका प्राध्यापक आरमेली वेलका अनुसन्धानात्मक आलेखका तथ्याङ्क त्रिविका अवकाश प्राध्यापक परशुराम मिश्रको आलेखमा हुबहु प्रकाशित भएपछि उनले त्रिविलाई मेलमार्फत उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा शिक्षाध्यक्षको कार्यालयले छानबिन समिति गठन गरेको थियो । सोही आधारमा डा. मिश्र तथा उनी ‘गाइड’ भएर प्रकाशित लेखहरु अनुसन्धान गर्ने क्रममा डा. कण्ठले पनि चोरी गरी लेख प्रकाशित गरेको देखिएको जनाइएको छ । सोही आधारमा त्रिविले अवकाशप्राप्त प्राध्यापक डा. परशुराम मिश्र, उपप्राध्यापक डा. कण्ठसहित सात जनालाई त्रिभुवन विश्वविद्यालयले कारबाही गरेको हो ।

डा. मिश्र मोरङ क्याम्पसका पूर्व प्राध्यापकसमेत हुन् । उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट युवाहरुमा अनुसन्धानका अवसर सिर्जना गर्न एवम् प्रदुषण नियन्त्रण लगायतका विभिन्न विषयमा अनुसन्धात्मक कार्य गरेको भन्दै २०७५ मा नविल विज्ञान तथा प्रविधि पुरस्कारसमेत प्रदानगरिएको थियो ।

मोरङ क्याम्पसले परीक्षा व्यवस्थापन सम्वन्धमा गत चैत अन्तिममा राखेको छलफल कार्यक्रममा प्राध्यापक संघको तर्फबाट बोल्दै सभापति डा.कण्ठले ‘त्रिविका पूर्व उपकुलपति डा तीर्थराज खनियाले त बौद्धिक चोरीको आरोप लाग्दा आफ्नो पदबाट राजीनामा दिएनन् । यस्ता धेरैजनाले दिएनन् भने मलाई पनि आरोप लाग्दा किन प्राध्यापक संघकाट राजीनामा दिने’ भनेर उल्टै प्रतिपश्न गर्ने गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.