Websoft University

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाइ अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन


काठमाण्डौ साउन १२ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरसको महामारीको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेशको आपूर्ति केन्द्रलाई कम्तिमा पनि एक हजार वटा अक्सिजन सिलिण्डर भरेर राख्न भनेको हो । कोरोना सङ्क्रमण दर पछिल्लो केही दिनदेखि तीब्र रुपमा बढ्न थालेको हुँदा तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सम्भावित चुनौतीको सामना गर्नका लागि तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ । बितेको २४ घण्टामा मात्रै देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.