Websoft University

आज प्रहरी र स्थानीयबीच कटारीको मरुवामा झडप स्तिति तनाव - केहि घाइते ,आदा दर्जन पक्राउ

 


(फायल फोटो) श्याम राई-उदयपुर, गाईघाट, १६ साउन । रातो तारा डट कम, सोलु करिडोर १३२ केभि प्रशारण लाईनको टावर गाड्ने क्रममा शनीबार प्रहरी र स्थानीयबीच कटारीको मरुवामा झडप भएको छ ।

लामो समयदेखि अवरुद्ध प्रसारण लाईनको काम स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर सूचारु गरेपछि स्थानीयले पुःन अवरोध पु्याउन खोजेपछि भएको झडपमा केही व्यक्ति घाईते भएकाछन्  भने आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले पक्राऊ गरेको छ ।

कटारी नगरपालिका–४ मरुवामा प्रहरी सुरक्षामा धमाधम टावर निर्माणको काम भैरहेकोमा स्थानीयले शुक्रबार देखि नै अवरोध गर्दै आएका थिए । स्थानीय बासिन्दाले रोपेको धान फडानी गर्दै आयोजना कार्यालयले धमाधम टावर निर्माण गर्न थालेपछि गाउँलेहरुले त्यसको कडा प्रतिवाद गरेपछि प्रहरीले वल प्रयोग गरेको थियो । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगगरि केहीलाई घाइते बनाएको र आधा दर्जनलाई पक्राऊ गरेको विरोधमा शनीबार कटारी बजार बन्द गराएका थिए । मरुवाबासीले सरकारले उपलब्ध गराउने मुआब्जा रकम निकै न्यून भएकोले टावर अन्यत्रै सार्न माग राख्दै विगत तिन वर्षदेखि सोलु करिडोरको काममा अवरोध पु्याउँदै आएका थिए । उनीहरुको अवरोधका कारण आयोजनाको काम प्रभावित बन्न पुगेको छ  । गत असार अन्तिम साता देखि सरकारको निर्देशनमा स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कोरिडोरको काम सूचारु गरेका छन । गाउँलेहरुको माग विपरित स्थानीय प्रशासनले जबजस्ती काम अघि बढाएको भन्दै यस अघि उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दि समेत  गरेका थिए ।

सोलु करिडोर विवाद समाधान पहल समितिले सो विषयमा केही दिन अघि गृह र उर्जा मंत्रीलाई भेटी समस्या अवगत गराएका थिए । समितिको मागलाई संवोधन गरिने मंत्रीहरुले आश्वासन दिएको भए पनि स्थानीय प्रशासनले बल प्रयोग गरेर काम अघि बढाएको समितिका संयोजक केपी बरालले बताए ।

विवादित क्षेत्रमा १० वटा टावर निर्माण गर्नु पर्नेमा अहिले सम्म ६ वटा टावर निर्माण भैसकेको छ  भने बाकी ४ वटा टावर निर्माण हुन बाकी छ । स्थानीयको धान खेत खनेर चार वटा टावर निर्माण शुरु गर्न लागेकै बेला गाउँलेहरुले काममा अवरोध पु्याएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । उनले सरकारको निर्देशनमा काम भैरहेकोले कुनै पनि अवस्थामा नरोकीने बताए ।‘ कानूनले तोकेको भन्दा बढी जग्गाको मूल्याङ्कनगरि मुआब्जा दिने निर्णय भएको छ ।’ उनले भने । एैलानी जग्गाको समेत मुआब्जा तोकीएको छ । पिडित व्यक्तिहरु समेत मुआब्जा लिन तयार देखिन्छन  तर सरोकार नभएको व्यक्तिहरु संघर्ष समिति गठन गरेर नागरीकलाई उक्साएको आरोप आयोजना कार्यालयले लगाएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.