Websoft University

जिल्ला कृषि सहकारी संघ मोरङको १४औं साधारण सभामा पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान

 


मोरङ | रातो तारा डट कम,जिल्ला कृषि सहकारी संघ मोरङको १४औं साधारण सभामा पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान |

संघको कार्यक्षेत्र भित्र संचालित ७६ वटा कृषि सहकारी संस्थाको छाता संगठन रहेको जिल्ला कृषि सहकारी संघले १४औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। मोरङ्ग जिल्ला कृषि सहकारी संघ बेलबारीको सभाहलमा भएको बार्षिक साधारण सभामा प्रदेश नं १ प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रविन्द्र आचार्यको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा संघका उपाध्यक्ष सोभितमान पौडेलले स्वागत मन्तव्य राखेका थिए।बिगत वर्ष झैँ यस बर्ष पनि उत्कृष्ट संस्था, उत्कृष्ट कृषक, उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

त्यसै अन्तर्गत सञ्चार माध्यमको क्षेत्रबाट संस्थालाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रातोतारा डट कम अनलाइनका सञ्चारकर्मी शिव भट्टराई भोजपुरेलाई सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी सोही अवसरमा साना किसान कृषि सहकारी सहकारी संस्था लिमिटेड दर्वेसा रंगेली ९ र न्यू देउराली कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी-४ लाई संस्थागत सम्मान प्रदान गरिएको थियो। असल कृषक तर्फ गोविन्द श्रेष्ठलाई र कर्मचारी तर्फबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड बेलबारीका प्रबन्धक बाबुराम खड्का, खोक्सी कृषि सहकारी संस्था लि सुन्दरहरैंचा ५ का देव कुमार चौधरीलाई सम्मान गरिएको छ।

जिल्ला कृषि सहकारी संघलाई अगाडि पनि सहयोग गर्दै आएको र अब आउने दिनमा पनि आवश्यक कार्यक्रमको सञ्चालनका लागि प्रदेशको तर्फबाट साथ र सहयोग गर्दै जाने प्रमुख अतिथि सुवेदीले बताएका छन्।

बेलबारीमा शुक्रबार सम्पन्न १४ औं बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रविन्द्र आचार्यले आगामी बार्षिक नीति तथा कार्यक्रममा सहयोगी निकायबाट अनुदान, तालिम कार्यक्रम,वित्तीय शुसासन तालिम तथा कोपोपिस तालिम सञ्चालन गर्ने, क्षमता अभिवृद्धि तालिम गर्ने, शित भण्डार भवन निर्माणलाई पूर्णता दिई सञ्चालनमा ल्याउन पहल गर्ने, संघ भित्रका सहकारीलाई सुलभ थोक कर्जाको खोजि गरि कृषि व्यवसायलाई व्यवसायीकरण गर्नमा निरन्तरता दिने बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.