Websoft University

वडा स्तरीय फुटबलको उपाधी मादी ८ ले जित्यो।


संखुवासभा । पर्यटन प्रवर्द्धन तथा खेलकुदको बिकास गर्ने उदेश्यले तमु लोह्सारको उपलक्ष्यमा आयोजित अन्तर वडा स्तरीय फूटबल प्रतियोगितामा वडा नम्बर ८ मावादिनले उपाधी जितेको छ।   नव सृजनशिल प्रगतिशिल युवा क्लब, तमु सेवा समिति र साङ्छोलिङ तमु बौद्ध गुम्बाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर ३ मुलखर्क र वडा नं ८ बीच फाइनल खेल भएको थियो । पहिलो हाफ गोल रहित बराबरी भए पनि दोश्रो हाफमा वडा नं ८ जर्सी नम्बर ७ का आशिष लिम्बुले ब्यक्तिगत २ गोल गर्दै टिमलाई जित दिलाए।

पहिलो हाफमा निकै आक्रमक देखिएको प्रतिद्वन्दी वडा नं ३ ले गोल गर्न नसक्दा वडा नं ८ ले उपाधि चुम्न पुगेको हो।

जित संगै वडा नं ८ ले  नगद ५० हजार, मेडल र ट्रफि हात पारेको छ, त्यस्तै उप बिजेता वडा नं ३ ले नगद ३0 हजार  रुपैयाँ हात पार्यो। बिजेता तथा उप बिजेता दुबै टिमलाई मादी नगरपालिकाका नगरप्रमुख जीवनकुमार लिङ्थेपले पुरस्कर वितरण गर्नुभयो ।

संखुवासभाको मादी नगरपालिका वडा ७ को खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको हो। प्रतियोगिता पुष १२ गतेबाट सुरु भएको थियो।

खेलकुदको विकास संगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले तमु लोह्सारको अवसर पारेर हरेक साल कार्यक्रमको आयोजना गरिदै आएको वडा नम्बर ७ का वडा अध्यक्ष रत्नबहादुर गुरुङले बताउनुभयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.