Websoft University

नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण


विराटनगर  पुस १४ गते |  नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको   छ ।

गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणसमेत रहनु भएका महानगरका मेयर नागेश कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आठौं नगर बाल भेलाले आदित्य झाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो । 

सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भएका थिए । कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारी र सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

 कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नगर बाल सञ्जाललाई महानगरका १९ वटै वडामा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बालकल्याण अधिकारी मञ्जु लोहनीले नगरमा बालबालिकाको अवस्था र महानगरले बालबालिकाको क्षेत्रका गरिरहेको कार्यका विषयमा जानकारी दिनु भएको थियो ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.