Websoft University

अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर छ - मेयर


विराटनगर पुस १४  गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अटिजम भएका बालबालिकाको उपचारसहित संरक्षणमा महानगर गम्भीर रहेको बताउनु भएको छ ।

विराटनगरस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरको चौथो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलसित सहकार्य गर्न महानगर तयार रहेको समेत उल्लेख गर्नुभयो ।


उहाँले अटिजम भएका बालबालिकाहरुको तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिनुभयो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै अनमोल एजुकेशनलले अटिजम भएका बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । अनमोलले थेरापीलगायतका माध्यमबाट अटिजम भएका बालबालिकाहरुको उपचार गर्दै आएको आयोजक संस्थाकी निर्देशक अर्चना रिमालले बताउनुभयो । जन्मेको १८ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई अटिजम हुने गरेको छ ।

अहिलेसम्म अटिजम हुनुको कारण पत्ता नलागे पनि मुख्य गरी खानपान र वातावरणका कारण हुनसक्ने संस्थापक प्रिन्सिपल संगीता न्यौपानेले जानकारी दिनुभयो । अनमोलमा हालसम्म १२५ जनाले लाभ लिइसकेका छन् । हाल ५० जनाभन्दा बढीलाई अनमोलले सेवा दिइरहेको छ । न्यौपानेका अनुसार २० जना सामान्य विद्यालयमा अध्ययन गर्न पठाइसकिएको छ । डा. हेमसागर रिमालले अटिजम भएका बालबालिकाको उपचारका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरपालिकासित सहकार्य गरेर उनीहरुको उपचारसहित रेखदेख र संरक्षणका लागि छुट्टै विद्यालय खोल्न सकिने उल्लेख गर्नुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.