Websoft University

चुलाचुली रंगमञ्च इलामले आउदो माघ १० र ११ गते चुलाचुली पाठशाला नाट्य उत्सवको आयोजना गर्ने भएको छ ।


दमक ,पुस ११ गते | इलामको चुलाचुली ३को शिव ओरक मिलन पोखरीमा रंगमञ्चको दोस्रो संस्करण नाट्य उत्सव आयोजना गर्ने भएको हो ।चुलाचुली रंगमञ्चले आज चुलाचुली ४मा अवस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन समाजमा भए गरेका घटनालाई नाटकको माध्यमवाट वाहिर ल्याउने उद्धेश्यले नाट्य उत्सव गर्न लागेको कार्यक्रम संयोजक तथा रंगमञ्चका अध्यक्ष चेतन आङ्गथुपोले बताउनु भयो । 

उत्सवमा चुलाचुली पालिका भित्रका सामुदायिक र संस्थापक विधालयका ६ वटा,आयोजक रंगमञ्चको २ वटा,वाहिरी नाट्य संस्थावाट ३वटा नाटक सहित११ वटा नाटक प्रस्तुत हुने छ । उत्सवमा नाटक मञ्चन ,नाटक कार्यशाला ,फाइन आर्ट कार्यशाला साथै फोटो प्रर्दशनी ,विभिन्न जात जातिका लोकबाजा,झाँकी र रंगमञ्च अन्तरसंवाद कार्यक्रम रहेको प्रचार संयोजक सन्तोष गिरीले बताउनु भयो । नाट्य उत्सवको पूर्व तयारी शुरु भइरहेको गिरीले बताउनु भयो । 


चुलाचुली पाठशाला नाट्य उत्सव२०७९ कार्यक्रमको अनुमानित वजेट ६ लाख २५ हजार रहेको अध्यक्ष आङ्गथुपोले जानकारी दिनु भयो । बाहिरी नाट्य संस्थाहरु कदम थिएटर र सर्वीदय इङ्गलीस बोडिङ्ग स्कुल झापा,हाम्रो थिएटर पाँचथर फिदिम र शब्द थिएटर र रेडस्टार बोडिङ्ग स्कूल पथरीशनिश्चरे सहभागी रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा चुलाचुली वडान ३ का निर्वतमान अध्यक्ष नरेन्द्र लावतीले नाट्य उत्सव स्थानिय पोखरीका पर्यटन प्रर्वद्धन ,स्थानिय कलाकारहरु चुलाचुलीका सान र गहना भएको हुदा उनीहरुको विकासका लागि आफनो ठाउँवाट सक्दो सहयोग गर्ने बताउनु भयो । 

पत्रकार सम्मेलन पछि सोही स्थानमा रंगमञ्चले नाटक प्रकृति मञ्चन गरेको छ ।

 किशोरी अवस्थामा हुने किशोरीहरुको रजोसल्ला लगायतका विषयमा समाजले बुझेको गलत संस्कृतिवाट उत्पन्न समस्यालाई नाटक मार्फत कलाकारहरुले चित्रण गरेको छ ।

 रमिता राईले निर्देशन गरेको नाटक प्रकृतिमा कलाकारहरु मिलन कोयु राई,शोभा राई , कुसुम सम्वाहाम्फे,सम्झना राई ,शिखा लिम्वू ,अनुषा लाम्गाद,लक्ष्मी दर्जी र सन्ध्या गदाल लगायतका अभिनाय गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.