Websoft University

मानव बेचविखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’


विराटनगर पुस ११ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ ।

माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राख्नुभयो । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले यस अवधिमा १३६ जनालाई बेचविखन हुनबाट रोकेको जानकारी दिनुभयो । पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जनामात्रै फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा १ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । १०५ वटा घरेलु हिंसाका घटना भएको पोखरेलले बताउनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.