Websoft University

मेयर कोइरालाको पहलमा हुलाकी सडकका प्रमुख र पीडितलाई एकैठाउँ राखेर छलफल


विराटनगर पुस १५ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधानमा सक्रियता देखाउनु भएको छ ।

मेयर कोइरालाको पहलमा हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजय थापा र विराटनगर–५ स्थित हुलाकी सडक पीडित स्थानीयलाई एकै ठाउँ राखेर छलफल गर्नु भएको छ । केही हप्ताअघि मेयर कोइराला आफैं इटहरीस्थित हुलाकी सडक कार्यालय पुगेर सडक निर्माणका लागि दबाब दिनुभएको थियो । उहाँले आफू जनताको प्रतिनिधि भएकाले जनताले दुःख र सास्ती पाएको हेर्न नसक्ने बताउनुभयो । उहाँले हुलाकी सडक निर्माण अलपत्र पारेर ठेकेदार भाग्दा स्थानीय जनताले दुःख पाएको बताउनुभयो ।

हुलाकी सडक कार्यालयका प्रमुख थापाले ठेकेदार सम्पर्कविहीन भएकाले ठेक्का रद्दको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो । उहाँले एकैपटक ठेक्का तोड्न ऐनले नदिने भएकाले प्रक्रियागत रुपमा कार्यालय गइसकेको जानकारी दिनुभयो । प्रमुख थापाले ठेकेदारलाई सम्पर्कमा आउन र नआए ठेक्का रद्द गर्ने सूचना प्रकाशित गरिसकेको बताउनुभयो । उहाँले अब छिट्टै अर्को टेण्डर आह्वान गरेर हुलाकी सडक निर्माणलाई गति दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयले सडकका कारण आफूहरुले धेरै सास्ती पाएको गुनासो पोखेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.