Websoft University

विराटनगरसित भगिनी सम्बन्ध स्थापना गर्न राजदूत पोलित्त सकारात्मक


विराटनगर  रातो तारा डट कम, नेपालका लागि बेलायती राजदूत निकोला पोलित्तले बेलायतको उपयुक्त सहरसँग विराटनगरको भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाएकी छन् ।


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको छलफलपछि राजदूत पोलित्तले विराटनगर ऐतिहासिक सहर भएकाले बेलायतको पनि उपयुक्त सहर छनौट गरेर भनिगी सम्बन्ध स्थापना गर्ने बताइन् । राजदूत पोलित्त र राजदूतवासका मिसन उपप्रमुख डा. लुक ब्युमन्टलाई स्वागत गर्दै मेयर कोइरालाले नेपाल र बेलायत बीचको दैत्य सम्बन्ध ऐतिहासिक रहेको चर्चा गरे । दुई मुलुकबीच दैत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षभन्दा बढी भएको बताउँदै मेयर कोइरालाले भने, “विराटनगर औद्योगिक र राजनैतिक इतिहास बोकेको धेरै पुरानो सहर हो, बेलायतमा पनि यस्तै ऐतिहासिक सहर थुप्रै छन्, ती सहर र विराटनगरबीच भगिनी सम्बन्ध स्थापना होस् भन्ने हाम्रो चाहना छ ।” मेयर कोइरालाले राखेको प्रस्तावमा राजदूत पोलित्तले आफू सकारात्मक भएको प्रतिक्रिया दिइन् । कोइरालाले राजदूतावास र महानगरबीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक सहकार्य र समन्वय गर्न महानगरले सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी दिँदै दूतावासबाट पनि कसैलाई सम्पर्क व्यक्ति तोकिदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । उनले महानगरले पछिल्लो समय गरिरहेका कामका विषयमा राजदूतलाई जानकारीगराएकी थिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) बारेमा जानकारी गराएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.