Websoft University

महानगरमा तीजका अवसरमा शुभकामना आदानप्रदान


विराटनगर  भाद्र १२ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।


महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे । मेयर कोइरालाले सामूहिक रुपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तीजलाई मर्यादित र अनुशासित रुपमा मनाउनुपर्नेमा जोड दिए । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ,” उनले भने, “तीज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।


उपमेयर कार्कीले साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रुपमा रमाइलो गर्ने पर्व तीजको छुट्टै विशेषता र महत्व रहेको बताइन् । तीजले महिला दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने उपमेयर कार्कीको भनाइ थियो । “तीजले दिदीबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउँछ,” उपमेयर कार्कीले भनिन्, “पछिल्लो समय तीज खर्चिलो र भड्किलो हुँदै गएकोमा यसलाई चाहिं रोक्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तीजले समाजलाई जोड्ने बताए । महानगरका सबै महिला कर्मचारीहरुले सामूहिक रुपमा तीज मनाउँदा आपसी चिनजानसँगै संस्थागत एकतामा बल पुगेको विचार व्यक्त गरे ।


समारोहमा महिला कर्मचारीहरुसँगै मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृतसमेत तीजका गीतमा नाचेका थिए । महानगरले शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रमसमेत राखेको थियो |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.