Websoft University

 


दमक भदौं १५ गते | रातो तारा डट कम,नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्यायी कमिटीको आज बसेको बैठकले आसन्न संघीय र प्रदेशको प्रत्यक्ष तर्फको निर्वाचनमा राजनीतिक दलहरुले दलित समुदायका नेता, कार्यकर्तालाई उम्मेदवार बनाउन माग लगायतका आधा दर्जन बढी निर्णय गरेको छ । 


मुक्ति समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलको अध्यक्षतामा काठमाण्डौंमा बसेको स्यायी कमिटी बैठकले आउदो मंसिर ४ गते हुने संघीय र प्रदेशको प्रत्यक्ष तर्फको निर्वाचनमा नेकपा एमाले लगायतका राजनीतिक दलले दलित समुदायका नेता ,कार्यकर्तालाई उम्मेदवार बनाउन माग गरिएको हो ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मुक्ति समाजको माउ पार्टी एमालेको सुर्यध्वजा वाहक उम्मेदवारलाई विजय गराउन संगठनका केन्द्रीय अध्यक्ष मनोहरको संयोजत्वकमा ४सय ७५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने पनि निर्णय गरेको संगठनका केन्द्रीय सचिव तथा जिल्ला समन्वय समिति झापाका निर्वतमान प्रमुख सोम नाथ पोर्तेलले जानकारी दिनु भयो । निर्वाचन परिचालन कमिटीमा संगठनको केन्द्रीय कमिटी ,लेखा , सल्लाहकार , सातै प्रदेश कमिटीको पदाधिकारीहरु, सबै जिल्ला कमिटीका अध्यक्ष रहने छन् ।  

 एमालेले जारी गर्ने पार्टीको निर्वाचन घोषण पत्रमा सुझाव दिन अध्यक्ष विश्वकर्माको अध्यक्षतामा  उपाध्यक्ष निर्मल देउजा ,मैना अछामी ,सचिव सोम नाथ पोर्तेल ,टेक घतानी,स्यायी कमिटी सदस्यहरु डिल्लीध्वज वराइली ,विष्णु बहादुर मिजार रहेको कार्यदलले भदौं २० गते भित्र सुझाव दिने संगठनले जनाएको छ । स्यायी कमिटीको बैठकले सातै प्रदेश कमिटीले प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी असोजको पहिलो साता गठन गरी सक्ने निर्णय पनि गरेको छ । 

सबै जिल्ला कमिटीले असोज २२ गते भित्र निर्वाचन परिचालन कमिटी गठन गरि निर्वाचन परिचालनको योजना बनाउने र परिचालन गर्ने । सबै पालिकाले असोज मसान्त सम्म निर्वाचन परिचालन कमिटी गठन गर्ने गरी एमाले पार्टीको पक्षमा मतदान गर्न  प्रचारको कार्यलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका निर्णय भएको केन्द्रीय सचिव पोर्तेलले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.