Websoft University

मधाहा टोल विकास संस्थाले गर्यो शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम


शिव भट्टराई- मोरङ भदौ १२ | आईतबार  गते | रातो तारा डट कम,मधाहा टोल विकास संस्थाले गर्यो शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम मोरङको सुन्दरहरैंचा वार्ड नं ७ स्थित मधाहा एकता टोल विकास संस्थाले नेपाली नारीहरुको चाड हरितालिका तिज २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक एकता , सद्भाव कायम गर्न  र मौलिक संस्कृति जगेर्ना गर्न गरिएको यस कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमूख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष अनिल घिमिरेको अध्यक्ष्यता रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै वार्ड नं ७ का वडाध्यक्ष भुवन सिंह आले मगरले अहिलेको समयमा समाजमा तिजको नाममा विकृति, विसंगती, तडक भडक हुने भएकोले सबै महिलाले उछृंखल तडक भडक नगरी सभ्य ढंगले सम्पूर्ण महिलाहरु एक जुट भएर अगाडि बढ्नु पर्ने बताउँदै आगामी आर्थिक वर्ष देखि महिलाहरुलाई तिज र जितिया पर्व विशेष कार्यक्रमको लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन्।  तिज विशेष कार्यक्रम अन्तर्गत माधाहा एकता टोल विकास संस्थाले पोख्रेल बन्धु प्रतिष्ठान गोठगाउँको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो। सोही अवसरमा वार्ड नं ७ का विभिन्न टोल विकास संस्थाका महिलाहरुले नृत्य प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए त्यसैगरी पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कार वितरण गरिएको थियो।


भखरै स्थापना भएको यस संस्थाले अगाडिको दिनमा पनि  सुन्दरहरैंचाका विभिन्न क्षेत्रमा सरसफाई साथै सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको र आउँदा दिनहरूमा पनि महिला लक्षित कार्यक्रम गर्ने, विद्यालयका विद्यार्थीहरुलाई रचनात्मक कार्यक्रम गर्ने समाज र संस्था बिचको सुमधुर सम्बन्ध विकास गर्ने योजना रहेको कार्यक्रम सञ्चालक संस्थाकी सचिव लक्ष्मी मिश्रले जानकारी गराएकी छिन्। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक संघ संस्थाका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.