Websoft University

मोरंग व्यापार संघद्वारा आयोजना भई रहेको-मोरंग व्यापार संघ एक्स्पो २०२३ चलिरहेको छ |


बिराटनगर | मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य यस मोरंग व्यापार संघले आफ्नो संस्थागत उद्देश्य अनुरुप यहि २०८० पौष ६ गते देखि १६ गते सम्मका लागि विराटनगरमा वृहत एक्स्पो ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’ आयोजना गरिरहेको सर्व विदितै छ ।

 मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीति (ल्त्क्ष्क्) अन्तर्गत पहिचान गरिएका यस प्रदेशका वस्तुहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारिकरण एवं कोशी प्रदेशका असंख्य पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार लगायत कैयौँ प्रवद्र्धनात्मक कार्यहरु गराउने उद्देश्यले यस वर्ष आयोजना गरिरहेको ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’लाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले २०८० पौष ६ गते शुक्रबारका दिन समुद्घाटन गर्न भएको थियो भने यो वृहत एक्स्पो यहि पौष १६ गते सम्म भव्यतापूर्वक संचालन हुने सर्व विदितै छ ।

 यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २२० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराउन प्रयासरत छ ।

 साथै, यस एक्स्पोमा विशेष गरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टीकका भाँडा वर्तन आदि विशेष छुटमा विक्री वितरण गरिनाले गृहणीहरुको विशेष आकर्षण देखिएको छ भने भारत, पाकिस्तान तथा बंगलादेशका लत्ता कपडा, लेदरका सामग्री, किचन सामग्री लगायतका स्टलहरुमा पनि भिडभाड देखिएका छन् । यस एक्स्पोलाई हाल सम्म करिब १,६५,००० दर्शकले अवलोकन गरिसकेका छन् भने सबै स्टलहरुबाट करिब १० करोड ५५ लाखको कारोवार भएको हामीले आंकलन गरेका छौँ ।

यस्तै, मुख्यत नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार र फ्रान्सको ‘आईफिल टावर’को ५५ फिट अग्लो नमूना निर्माण भई त्यसमा जडित लाईट सिस्टम सबै वर्गका दर्शकहरुका लागि लोकप्रीय सेल्फी पोइन्ट बन्न सफल भएको छ भने प्रत्येक दिन हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रममा दैनिक हजारौँ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।

दर्शकहरुको चाहनालाई ध्यानमा राखी हामीले यस एक्स्पोका अन्तिम चार दिन अर्थात आज पौष १३ गते देखि १६ गते सम्म जोन चाम्लिङ्ग राई, सेन्डी एण्ड फ्युजन बेण्ड, कुटुम्ब, अस्मीता अधिकारी, राजन राज शिवाकोटी, वाङ्गदेन शेर्पा, डि.जे. तामा, उर्गेन दोङ्ग, सुसान्त घिमिरे एण्ड रागा बेण्ड, आशिस अविरल, क्ष्लमष्बुक द्यभकत म्बलअभ घ का विजेता समर्पण लामा लगायतका चर्चित कलाकारहरु सहितको विशेष साँस्कृतिक एंव सांगितिक कार्यक्रम गर्दैछौँ भने र यस अवधिका लागि हाम्रो पूर्वनिर्धारित रु. १५०।– को प्रवेश टिकटको दरलाई दर्शकहरुलाई सहुलियत स्वरुप पुनः रु. १००।– नै कायम गरेको सहर्ष जानकारी गराउन चाहन्छौँ ।

 यस अघि हामीले आयोजना गरेको २०२२को एक्स्पोमा समेत बुर्ज खलिफा, सेन्ट वेसिल, बुर्ज अल अरब जस्ता विश्व ख्यातिप्राप्त सम्पदाहरुको निर्माण गरेका हामीले छोटो अवधिका लागि आयोजना गरिने यस प्रकारका एक्स्पोमा नमूनाको रुपमा निर्माणित त्यस्ता सामग्रीहरु मार्फत सरकार लगायत सम्बन्धित निकायलाई हामीले ठाउँ ठाउँमा त्यस प्रकारका स्थायी संरचनाहरुको निर्माणका लागि घच्घच्याउन चाहेको समेत जानकारी गराउन चाहन्छौँ । साथै, यस एक्स्पो अवधिभर स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाख दर्शकको आगमन हुने हामीले अपेक्षा लिएका छौँ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.