Websoft University

सामुदायिक र संस्थागत विद्यालय सँगसँगै अगाढि बढाएमात्रै शिक्षाको विकास हुने - मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि नबढाएसम्म समग्र शिक्षाको विकास नहुने धारणा राख्नु भएको छ ।

विराटनगर–१ स्थित राधाकृष्ण भूपालमानसिंह कार्की माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि राम्रो प्रगति गर्न थालेको बताउनुभयो । उहाँले राधाकृष्णसहित विराटनगरका केही सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै विश्व श्रमबजारमा बिक्री हुने जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले सीपमूलक र नैतिक शिक्षामा जोड दिनुपर्नेसमेत उल्लेख गर्नुभयो । कार्यक्रममा विद्यालयमा अध्ययन गरी सीटीईभीटीको परीक्षामा उत्तीर्ण गर्ने पंकज साह, कल्पनाकुमारी साह, ओमप्रकाश साह, राजु चौधरी, सतिसचन्द्र दास र अनिलकुमार साहलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै डिप्लोमा ईन इन्जिनियरिङका विभिन्न सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने श्याम साह, कुशल भट्टराई, जयनारायण यादव, पंकज साहलगायतलाई विद्यालयका तर्फबाट मेयर कोइरालाले सम्मान गर्नुभयो । कार्यक्रममा शिक्षिकाहरु र विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विराटनगर वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, शैक्षिक विकास महाशाखाका संयोजक कृष्ण भट्टराई, विद्यालयका शिक्षक फडिन्द्र वस्तीलगायतले मन्तव्य गर्नुभएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राना क्षेत्रीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.