Websoft University

पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ - मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।

किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभित्र १२२ जातजातिको बसोबास रहेको स्मरण गराउँदै मेयर कोइरालाले सबैको बेग्लाबेग्लै कला, संस्कृति, परम्परा र रीतिरिवाजले विराटनगर सांस्कृतिक रुपमा धनी सहर रहेको बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने उनले विश्वास व्यक्त गर्नुभएको छ । “यस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ । विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता पर्वका कारण आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु,” मेयर कोइरालाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

यस्तै मेयर कोइरालाले नेवार समुदायले मनाउने यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी हुन् भन्ने मलाई लाग्दछ । उधौली र यःमरी पुन्हिले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै सामाजिक एकता कायम राखोस् भन्ने शुभकामना दिन चाहन्छु ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.