Websoft University

प्रहरी समायोजन प्रक्रिया टुंग्याउन गृहमन्त्रीको उपस्थितिमा सर्वदलीय बैठक आजै बस्ने मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री दाहालको प्रतिबद्धता


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई आज नै सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासन दिएका छन् ।

 अन्तरप्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्न बनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई उनीहरूलेशनिबारध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मुख्यमन्त्रीहरूलाई तत्काल सर्वदलीय बैठकले प्रहरी समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

 निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको कोशीका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

 मुख्यमन्त्रीहरूको बैठकले शुक्रबार ९ बंदे साझा पत्र सार्वजनिक गरेर शनिबार प्रधानमन्त्री दाहाललाई ध्उानाकर्षण पत्र बुझाएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.