Websoft University

बालबालिकाको समस्या बुझ्दै महानगर


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ ।

बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरेको हो । महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।

अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के गरिरहेको छ ? सामाजिक सञ्जाल र लागूऔषधको प्रयोगबाट बालबालिकालाई कसरी जोगाउने, विराटनगर बालमैत्री नगर कहिले हुन्छ लगायत विभिन्न जिज्ञासा राखेका थिए । 

बालबालिकाहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले बालबालिकाका हरेक समस्या समाधान गर्न महानगरपालिका गम्भीर रहेको बताउनुभएको थियो । उहाँले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक सञ्जालको प्रयोग नगर्न र अध्ययन र अतिरिक्त क्रियाकलापमा ध्यान दिन आग्रह गर्नुभएको थियो । 

नगर बालक्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतलगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिनुभएको थियो । यसअघि महानगरले पूर्वाञ्चल बालआश्रमका बालबालिकासित अन्तरक्रिया गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.