Websoft University

१४ केजी ६० ग्राम गाजा सहित पक्राउ


श्याम राई, उदयपुर- गाईघाट, १५ पौष |  प्रहरीले १४ केजी ६० ग्राम गाजा सहित शनिबार दिउँसो एक जनालाई पक्राऊ गरेको छ ।

संखुवासभा खादबारी नगरपालिका–३ घर भै उदयपुरको कटारी नगरपालिका–४ सिम्ले बस्दै आएका ४९ वर्षिय सन्तोष राईलाई पक्राऊ परेको प्रहरीले जनाएको छ । राईले भान्सा कोठामा खाडल खनी बोरामा लुकाएर राखेको अबस्थामा गाजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राऊ परेका राई गाजा कारोबारी हुन सक्ने प्रहरीले जनाएको छ । गाजा कारोबारीकै लागि उनी उदयपुरमा डेरा लिएर बस्ने गरेको हुन सक्ने भए पनि अनुसन्धान कै क्रम रहेकोले विस्तृत विवरण आउन बाकी रहेको चौधरीले बताए ।

जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अबैध रुपमा गाजा खेती हुने गरेको छ । प्रहरीले वर्षेनी गाजा खेती नष्ट गर्दै आएको भए पनि गाजाको खेती भने रोकिएको छैन । माओबादी जनयुद्धकालमा जिल्लाको सो क्षेत्रमा गाजा खेती स्थानीय बासिन्दाहरुले सुरुवात गरेका थिए । प्रहरीले शुक्रबार पनि बेलका नगरपालिकाको सेती खोलाबाट ११ केजी ८२० ग्राम गाजा सहित ३ जनालाई पक्राऊ गरेको थियो ।

 

 


 

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.