Websoft University

१५ पौष दोश्रो त्रियुगा अन्तर माबि मेयर रनिङ शिल्ड प्रतियोगिाताको उपाधि त्रियुगा नमूना माबि गाईघाटले जितेको छ


श्याम राई, उदयपुर - गाईघाट, १५ पौष दोश्रो त्रियुगा अन्तर माबि मेयर रनिङ शिल्ड प्रतियोगिाताको उपाधि त्रियुगा नमूना माबि गाईघाटले जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा ३ सय १५ अंक ल्याएर गाईघाट प्रथम भएको हो । उपाधिसँगै गाईघाटले १५ हजार नगद सहित शिल्ड ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । गाईघाट माबि गत वर्ष भएको प्रथम अन्तर माबि रनिङ शिल्ड प्रतियोगिताको बिजेता टिम समेत हो ।

‘‘ स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान ’’ भन्ने नाराको साथ स्थानीय थरुहट रंगशालामा आयोजना भएको उक्त प्रतियोगितामा ५ वटा विद्याका खेलहरु समाबेश गरिएकोमा त्रियुगाले तेक्वान्दो बाहेकका सबै खेलहरु जितेको छ । प्रतियोगितामा १ सय ८ अंक ल्याएर रामजानकी माबि दोश्रो र ८३ अंक ल्याउँदै प्याराडाईज इंङलिस बोर्डिङ्ग स्कृल तेश्रो  भएको छ । दोश्रो र तेश्रो हेने टिमले क्रमश नगद १० हजार र ७ हजार ५ सय रुपैया सहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन् । पाँच दिनसम्म संचालित उक्त प्रतियोगितामा त्रियुगा नगर भित्रका ३१ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो । त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा संचालित उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई मेयर बसन्त बस्नेत र उप–मेयर महेश्वरी राईले पुरस्कार बितरण गरेका थिए ।

 

 

 

                           

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.