Websoft University

संसारी माईस्थान मन्दिरको नक्सा बनिसक्यो अब २० करोड रकमबाट काम सुरू हुने ? दाताहरूले खुलेरै रकम सहयोगदिदै...


विराटनगर साउन ९ गते । विराटनगर–१० स्थित श्री संसारी माईस्थान संरक्षण समितिले सो माईस्थान परिसरको प्रारम्भिक चरणमा २० करोडको योजना बनाएर भौतिक संरचनाहरू निर्माण गर्ने तयारी थालेको छ । समितिका अध्यक्ष कृष्णप्रसाद मास्केको अध्यक्षतामा तालतलैयामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गत साल माघ ७ गते सर्वोच्च अदालतले माईस्थान जग्गा ७० वटा भौतिक सम्पत्ति संरक्षण समितिको स्वामित्वमा रहने फैसला गरेपछि संरक्षण समितिले माईस्थान परिसर विकासका लागि योजना बनाउँदै आएको छ । समितिले तात्कालिन अवस्थामा २३ वटा मध्ये १९ वटा अस्थायी अतिक्रमण हटाउने निर्णय गरिसकेको छ भने केहीमा नोटिस जारी गरेर कानुनी प्रक्रिया अघि बढाइएको छ ।

समितिका उपाध्यक्ष हरिकृष्ण सिटौलाका अनुसार १११ वर्षअघिदेखि भूपू निवासी स्व. बिहारीलाल झुनझुनवाला दान दिएको ११ कट्ठा जग्गामा रहेको माईस्थान परिसर संरक्षण तथा भौतिक संरचना निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाइने योजना रहेको छ । उनले समितिको नाममा अन्तिम नामसारी समेत भइसकेको जानकारी दिए ।

समितिका अनुसार विगतमा उक्त सम्पत्तिमा ५ जना व्यक्तिले आ-आफ्नो नाममा नामसारी गरेका थिए । समितिले अदालतमा मुद्दा लडेर पुनः समितिको नाममा फिर्ता ल्याएको हो ।

बुधबारको बैठकमा उपस्थित हुनेमध्ये अधिकांशले अघिल्लो वर्षदेखि माई, संसारी माई र सिवानमाईका रहेको मूर्तिको संरक्षण आवश्यक रहेको बताएका छन् । माईस्थानमा रहेका गरिएका पश्चिम माई र बायाँ माईलाई गरिएको संसारी माईको सेवा पुनः फेरी गरिने र रहनुभएको मूर्तिहरूको संरक्षण गरिने प्रस्तावमा छलफल भएको छ । समितिका उपाध्यक्ष हरिकृष्ण सिटौलाले ५१ लाख १ हजार १११ रुपैयाँ, टिका उपत्यकाले ५१ लाख १ हजार १११ रुपैयाँ र श्रीनिवास सारडाले ५१ लाख १ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा माईस्थानमा मन्दिरहरू निर्माण गर्न ५ लाखभन्दा धेरै दुईजना जनाले दान दिने प्रतिबद्धता जनाएका छन् ।

समितिका अनुसार स्वामित्वमा मास्केको नेतृत्वमा नगरपालिकाले बेलबुटे गेट निर्माण गरिने, संरक्षण मन्दिर, धर्मशाला, पाथवे, फोहर व्यवस्थापन केन्द्र, यात्री जोनको निर्माण कार्य अघि बढाइनेछ । उदघोषबाट...

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.