Websoft University

किशोर राई मेयरको उम्मेद्वार हुदा २२ बर्ष अघिको पेस्की रकम आम्दानी


धरान, १५ बैशाख । रातो तारा डट कम,झण्डै २२ बर्ष अघि पेश्की लिएर फरफारक नगरेका नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार किशोर राईले उम्मेद्वारी दर्ताका दिन पेस्की वापतको रकम बुझाएका छन् ।  

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भए पछि उनले पहिलो पेश्की लिएको २२ वर्ष पछि रकम बुझाएका हुन । 

राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनीसँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका देखिन्छ । उनको लामो समयदेखि पेस्की फछौट नगरेको विषयमा पटक पटक समाचार आउदैं गरे पनि फछौट गर्न वेवास्ता गदैं आएका थिए । निर्वाचनमा उम्मेद्वार बन्न पेस्की भएकोले नपाउने भने पछि उनले रातारात रकम बुझाएका हुन् । २०५४ सालको निर्वाचनमा १२ नं. वडाबाट वडा सदस्य जितेका राईको जनप्रतिनीधि भएदेखि विभिन्न खेलकुदको कार्यक्रममा पेस्की लिएको देखिन्छ ।

उपमहानगरपालिकाले पटक पटक पेश्की फच्र्यौट गर्न ताकेता गरेको थियो । उनले विभिन्न समयमा फच्र्यौट गरे पनि पुरा फच्र्यौट गरेका थिएनन् । 

उनलाई धरान उपमहानगरपालिकाको पेश्की फच्र्यौट गर्न गरेको पत्राचार अनुसार उनले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैया पेश्की लिएका थिए । त्यस पछि २०५७ साल असार १८ गते काठमाण्डौं जान लिएको भ्रमण पेश्की मध्य फच्र्यौट कट्टा गरि बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाई गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाण्डौं जना भ्रमणमा १० हजार, पुष १७ गते काठमाण्डौं जना भ्रमणमा ३ हजार ५सय लिएकाथिए । त्यसै गरि २०५८ साल भदौ २४ गते पुनः काठमाण्डौं जान भ्रमण ६ हजार, पुनः फागुन १० गते काठमाण्डौं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उदघाटन कार्यक्रमका लागि पेश्की १० हजार र अन्तिम पेश्की २०६७ वैशाख २७ गते जनजाती कल्याण आश्रम भवन निर्माण गर्न पेश्की ५० हजार रुपैया गरि कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की रहेको थियो । 

उपमहानगरले दिएको फच्र्यौट गरेको तथ्यांक अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्कि रकम प्राप्त बैंक भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार फच्र्यौट गरिएको ७९ हजार ४ सय रुपैया फच्र्यौट गरेका थिए भने वैशाख १२ गते सोमबार विभिन्न चेक मार्फत बाँकी २४ हजार भुक्तानी गरेका थिए । कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाई कार्यको पेश्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितीको सिफारिसको आधारमा फच्र्यौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेश्कि रकम फच्र्यौट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेश्कि प्राप्त आम्दानि भौचर नम्बर १०२६३ को आधारमा फच्र्यौट गरिएको ११ हजार रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.