Websoft University

झापामा आचारसंहिता अनुगमन समिति गठन, वैशाख २० मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने


बिर्तामोड, वैशाख १५ गते। रातो तारा डट कम,नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।  आचारसंहिताको पालनाका लागि महासंघका सदस्य, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु सबैमा अपिल गरेको हो ।

महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा विहीबार बिर्तामोडमा सम्पन्न १३ औं वैठकले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्य र जिम्वेवारीका बारेमा विभिन्न निर्णय गरेको छ ।

वैठकपछि सचिव डिकेश लामाले विज्ञप्ति मार्फत निर्णय सार्वजनिक गरेका छन् ।

 झापामा निर्वाचनका समयमा महासंघका सदस्यहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

समितिमा उपाध्यक्ष केशव भट्टराई संयोजक, सहसचिव अर्जुन राजवंशी तथा कार्यसमिति सदस्यहरु अच्युत सुवेदी, चिरञ्जिवी घिमिरे, सुनिरा मैनाली, स्वस्तिका आचार्य र विनोद पाण्डे सदस्य रहेका छन् । आचारसंहिता कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरी सो को प्रतिवेदन महासंघ झापाको कार्यसमिति र अनुशासन समितिलाई बुझाउन वैठकले अनुगमन समितिलाई निर्देश गरेको छ ।

साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेमा संस्थाको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने भनी गरेको निर्णयको महासंघ झापा शाखाले स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

पत्रकार तथा सञ्चारमाध्यमलाई  निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघले आहृवान गरेको छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ । यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको छ ।

त्यस्तै महासंघ झापा शाखाले  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २० बैशाख २०७९ ९३ मे २०२२० मंगलबारदेखि झापाको लखनपुरमा ‘पत्रकारिताको बदलिँदो आायाम ः अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षणमा जिल्लाका क्रियाशील ३५ जना पत्रकार सहभागी हुनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.