Websoft University


विराटनगर बैशाख १३ गते । रातो तारा डट कम,आज बिराटनगरमा साक्षत्कार कार्यक्रममा बोल्दै,नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार सागर थापाले आफुले जिते महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता गरेकाछन् ।

महानगरपालिको प्रमुख, उपप्रमुख उम्मेदवारी दर्ता गराएपछि प्रेस चौतारी मोरङले विराटनगरमा आज दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरको प्रमुखकको उम्मेदवार थापाले यस्तो कुरा बताएका हुन् ।

महानगरपालिकामा अहिले अनआवश्यक कर्मचारी नियुक्त गरि कार्यकता भत्र्ती केन्द्र बनाएको छ,’ थापाले भने, ‘आफु जितेर महानगरपालिका गए अनआवश्यक कर्मचारी कटौति गर्नेछु ।’ आन्तरिक आयले थेग्नै नसक्ने गरि कार्यकर्तालाई महानगरको कर्मचारी नबनाउने उनले बताए । भ्रष्ट्रचार शुन्य सहनशीलता नीति अख्तियार गरि आफु अगाडी बढने बताएका छन ।

प्रदेश १ को एक मात्रै महानगर र राजधानी घोषणा गरिएको आर्थिक नगरीको महत्व घट्न दिईने छैन,’ थापाले भने, ‘एमालेको नेतृत्वले सुरु गरेको विराटनगरको चक्रपथ पाँचवर्षमा सम्पन्न गर्ने अठोट गछौं । २०५१ सालमा तत्कालिन एमालेका नेता गुरु बरालले विराटनगर चक्रपथको अवधारणा अगाडी सारेका थिए ।’ त्यसपछि निर्माण सुस्ताएको चक्रपथलाई पूरा गर्ने कुनै योजना २०७४ मा निर्वाचित जनप्रतिनिधिले नबढाएको आरोप थापाको छ । यसैगरी आन्तरिक आय बृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी सार्ने, विराटनगरको पहिचान हुने गरिको राजनीतिक संग्राहलय बनाउने उनको भनाई छ ।

विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने गरिको संग्राहालय स्थापना गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

विराटनगरमा पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनैपनि भौतिक संरचनामा लगानी नगरिने उनको दावी छ ।

यसैगरी प्रदेशको स्थायी राजधानीका लागि जग्गा उपलब्ध गराउने, प्रदेश र संघसँगको बारम्बार समन्वयमा योजना, भएका स्वास्थ्य र शिक्षाका संरचना प्रयोगमा विशेष जोड, उद्यमशीलताको विकास र रोजगारी, अतिविपन्न पहिचान जस्ता कार्यक्रम अगाडी सारिने उनले बताए ।

‘विराटनगरको डुबान र फोहोर व्यवस्थापनलाई प्राथमिकताम राखेर पहिलो र दोस्रो वर्षमा योजना कार्यन्वयन गर्ने आफु योजना रहेको छ,’ उनले सुनाए ।

यसैगरी उपमेयर उम्मेदवार शिल्पा निरला कार्कीले महिला सशक्तिकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारीलाई प्राथमिकतामा राखिने बताइन् । विराटनगर महानगर क्षेत्रमा आवश्यक मात्रामा शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजनिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

विराटनगर महानगरपालिका क्षेत्रमा महिलाले प्रयोग गर्ने किमिसका सार्वजनिक शौचालय छैनन् । शौचालय भएपनि त्यहाँ पस्न नसकिने र महिला महिनामारी भएको बखत प्याड परिवर्तन गर्न सक्ने अवस्था नभएकोले त्यसमा विशेष ध्यान दिनेछु’, उनले भनिन् ।

नेकपा एमालेका मोरङ इन्चार्ज विनोद ढकालले महानगरको निर्वाचन घोषणापत्र पार्टीले चाँडै सार्वजनिक गर्ने बताए । उनले पार्टीले पठाएका उम्मेदवारले विजयी प्राप्त गरेपछि नागरिकको पक्षमा काम गराउन सधैं खबरदारी र सुझाव दिइने बताए । उनले यस पटक नेकपा एमालेले निर्वाचनमा विजयी हाँसिल गर्ने बताउँदै महानगरको विकासका लागि एमाले कै नेतृत्व आउनुपर्नेमा जोड दिए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.