Websoft University

खानेपानी र खहरे करिडोर नियन्त्रण गरिदिन उमेद्वारसंग माग


सुनसरी धरान,वैशाख १५  गते । रातो तारा डट कम, धरानमा नेकपा एमालेले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ । बुधबारदेखि सुरु भएको चुनाब प्रचार अभियान आज( विहीबार ) वडा नंं १० गरेको पनि गरेको छ । मेयरका प्रत्यासी मञ्जु भण्डारी(सुवेदी) र उपमेयरका प्रत्यासी पदम इस्वो सहित चुनाबी प्रचार अभियानलाई तिब्रता दिएको हो । वडा पार्टी कार्यलयबाट सुरु भएको घरदैलो कार्यक्रम बुढासुब्बा मार्ग, बर्गैचा लाइन हुदै देउराली चोक, धनकुटे रोड हुदै पुःन पार्टी कार्यलयमा पुगेर टुङिगएको थियो । घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए । उक्त क्रममा एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहर करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको समेत बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक राईले समेत आफु विजयी भएपछि वडाको खानेपानी समस्या र खहरे करिडोरको समस्या हल गर्ने प्रतिबद्धता जनाए । कोरोना महामारीका बेला वडाध्यक्षका प्रत्यासी राईले गरेको सहयोगको स्मरण गदै मतदाताहरुले वडा अध्यक्षमा कुनै पनि हालतमा जिताएर छाड्ने प्रतिबद्धता जनाएका थिए । साथै, वडाबासीहरुले विगतमा वडाले गरेको कामका विषयमा समेत प्रशंसा गरेर जितका लागि अग्रिम बधाई समेत ज्ञापन गरेका थिए । घरदैलो अभियानको क्रममा मेयरका प्रत्यासी भण्डारी र उपमेयरका प्रत्यासी इस्वोले घर निर्माण गरिरहेका मजदुरहरुसंग समेत भेट गरेर समस्याका विषयमा बुझेका थिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.