Websoft University

एमालेका वडाअध्यक्ष गिरीको ५ वर्ष सडक विस्तार देखि नागरिकलाई निशुल्क स्वास्थ्य बिमा


सुनसरी धरान  बैशाख १६ गते । रातो तारा डट कम, स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । 

जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । 

धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परिचित छ धरान । राजनितिक रुपमा नेकपा एमालेको बर्चश्व रहेको धरानका १४ वटा वडामा एमालेका जनप्रतिनिधीहरु निर्वाचित भएका थिए । यसै मध्ये धरानको वडा नम्बर १६ पनि हो । वडाअध्यक्षका रुपमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए दिल कुमार गिरी । उनले वडा नम्बर १६ लाई एक नमुना वडा बनाउन सफल भएका छन् । 

गिरिको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षको समय अवधि सकिनै लाग्दा १० किलोमिटर सडक निर्माण भइसकेका छन् भने ४ किलोमिटर ड्रेन निर्माण सम्पन्न भएर अरु तयारी अवस्थामा रहेका छन् । 

लामो समयको अवधिपछि जनताको अधिकार प्राप्त जनप्रतिनिधिहरु स्थानीय तहमा आएर गरेको यस कामलाई त्यसै नकार्न सकिन्न् । वडाको आर्थिक बजेटले वडा भित्र सञ्चालीत आयोजना सम्पन्न गर्न सम्भव नरहने वडाध्क्ष गिरी बताउँछन् । संघिय, प्रदेश, नगर सँगको समन्वयमा वडामा भएका विकाशका योजनाहरु सम्पन्न गर्न गिरीको उल्लेख्य योगदान रहेको छ । 

धरान उपमहानगरको गौरबको अयोजनाको रुपमा रहेको तारा सुब्बा स्मृती पार्क, खहरे करिडोर निर्माणमा समेत गिरिको कार्यकालमा भएका विकाशे काम हुन् । एमालेका तर्फबाट मेयरमा निर्वाचित भएका सुब्बाको मृत्यु पछि पार्क निर्माण शुरु भएको थियो । अहिले पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने करिडोर ४ सय ४० मिटर निर्माण भएको छ । 

स्वास्थ्य क्षेत्रमा गिरी समुहको कार्यकालमा उल्लेख्य काम भएको स्थानीयहरु बताउँछन् । वडाकै पहलमै स्थास्थ्य भवन निर्माण भइरहेको छ । कोभिडको समयमा घर घरमा गएर वडावासिहरुको अवस्था बुझ्ने आवश्यक सहयोगका लागी पहल गरेको स्थानीय तेज कुमारी तिम्सिना बताउँछिन् । 

वडा कार्यालयको पहलमा कोरोना पोजिटिभ देखिएको घरमा सेनिटाइज गरिदिने, अक्सिजन सिलिण्डर, राहत सामाग्रीहरु समेत प्रदान गरिएको थियो । निम्न आय भएका अति विपन्न परिवारका १ सय जनाको वडा कार्यलयबाटै स्वास्थ्य विमा समेत गरिएको छ भने २ सय ४० घर परिवारलाई एक वर्ष भरीका लागी रु १ लाख बराबरको स्वास्थ्य बिमा गरिएको छ । त्यस्तै, वडाकै समन्वयमा महिला सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविरहरुसमेत सञ्चालन गरेकोछ । वडाले बालबालिका तथा शिक्षाको क्षेत्रमा समेत चर्चा गर्न लायक कामहरु गरेको छ । वडाले बालमैत्री वडा घोषणा हुन पुरा गर्नु पर्ने ४१ वटा सूचाङ्क मध्ये सत प्रतिशत पुरा गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको छ । वडाले आधारभुत विद्यालयलाई प्रत्येक वर्ष खेल तथा शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । त्यस्तै, दलित तथा विपिन्न वर्गका बालबालिकाहरुलाई ५० जनालाई न्यानो कपडा (स्वीटर) समेत वितरण गरेको छ । किशोरीहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड वडाका हरेक विद्यालयहरुमा निःशुल्क वितरण गर्दै आएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि आवश्यक बजेट समेत प्रदान गरेको छ । वडाले उदाहरणीय कामका रुपमा वडामा रहेका अति विपन्न परिवारको पहिचान गरि ७६ साल देखी प्रत्येक महिना रासन समेत वितरण गरेको छ । 

महिलाहरुको क्षमता वृद्धी विकास तथा उनिहरुको आर्थिक उन्नतीका लागी वडाले विभिन्न समयमा तालीम, गोष्ठीहरु सञ्चालन गरेको छ । महिला, लैङ्गिक हिंसा विरुद्ध सशक्तिकरण, उद्यमशील विकास तालिम, महिलालाई साक्षर बनाउन साक्षरता कार्यक्रमहरुको आयोजनाबाट उनिहरुको क्षमता विकासमा विषेश योगदान समेत पु¥याएको छ । 

वडाले आफ्ना टोलहरुमा रहेका ६ वटा चोकहरुमा फ्रि वाईफाईको समेत व्यवस्था गरेको छ । वडामा रहेका विशेष क्षमताका व्यक्तिहरुलाई आवश्यक सामग्रीहरु प्रदान गर्र्दै आएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी वडाले छुट्टै कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.