Websoft University

विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्न उपसमितिले दियो सुझाव


काठमाण्डौ चैत १४ गते । रातो तारा डट कम,विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्न संसदको उपसमितिले सुझाव दिएको छ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठन भएको उपसमितिले पठनपाठनमा सबैभन्दा बढी जिम्मेवार शिक्षक हुनुपर्ने भन्दै यस्तो सुझाव दिएको हो । एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले डी र ई ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझाव समेत उप समितिले दिएको छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था गर्न सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ । शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.