Websoft University

विराटेश्वर वृद्धा आश्रममा आमा बुबालाई खाद्यान्य तथा नगद रकम हस्तान्तरण


विराटनगर, माघ १६ गते । रातो तारा डट कम,भिन्न नियम र कडा अनुशासनको बिचमा रही कारागार भित्र बन्दी जीवन बिताइरहेको कैदीबन्दीले पनि सहयोगी भावना होला रु भन्नेहरुको लागि मोरङ कारागार विराटनगरमा बन्दी जीवन बिताइरहेका कैदीहरुले गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

कैदीबन्दीले आफुले खाने गाँस कटाएर विराटनगरमा रहेको विराटेश्वर वृद्धा आश्रममा रहेका वृद्धा आमा, बुवाहरुलाई नगद ११ हजार रुपैयाँसहित १५ दिनलाई पुग्ने खाद्यान्य सहयोग गरेका हुन् ।

कारागारका चौकीदार अभिषेक गिरीको पहलमा उक्त कारागारमा रहेका ६ सय ७२ जना पुरुष कैदीबन्दीहरुले आश्रममा बसोबास गर्ने ६३ जना वृद्ध आमाबुवालाई मंगलबार सहयोग गरेका थिए । शहिद दिवसको अवसर पारेर कारागार परिसर भित्र एक कार्यक्रमको बीच आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई कारागारका जेलर प्रेमप्रसाद सापकोटा र चौकीदार अभिषेक गिरीले खाद्यान्य तथा नगद रकम हस्तान्तरण गरे ।

कैदीबन्दीले ५ बोरा चामल, ५० केजी चिनी, ४० केजी दाल, १ सय केजी आटा, मसला तथा चियापत्ती प्रदान गरेका थिए । ‘विभिन्न सजाए पाएर बन्दी जीवन विताएको मध्धे ४ सय जनाले आयआर्जनको बाटो रोजेका छन्,’ चौकीदार गिरीलेले भने, ‘कारागारमा परिश्रम गरेर कमाएको पैसा जम्मा पारेर नगद र खाद्यान्य समाग्री जुटाएको हो ।’

सहयोग कार्यक्रममा बोल्दै आश्रमको अध्यक्ष अर्यालले अन्तरदान सर्वोपरी दान भएकाले मोरङ कारागारका बन्दीले गरेको सामाजिक कार्य प्रशंसया रहेको बताए । ‘गन्नेमन्ने व्यक्तिहरुको सम्पती कुहेर जान्छ,’ अध्यक्ष आर्यालले भने, ‘उनीहरुमा सहयोगी भावना हुदैन ।

बरु जेल भित्र बन्दी जीवन बिताएकाहरुबाट उनीहरुले पाठ सिक्न जरुरी छ ।’ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले कारागारका कैदीहरुको सहयोगलाई अन्य कारागारका बन्दीले समेत पाठ सिक्नुपर्ने बताए ।

कारागारमा रहेका बन्दीहरुले मुढा बुन्ने, टोपी र फनिर्चको विभिन्न समाग्रीहरु बनाएर विक्री वितरण गर्ने गरेका छन् । उनीहरुले सिपमुलक आयआर्जनको बाटो रोजेका कैदीबन्दीहरुले मनग्गे आम्दानी गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.