Websoft University

रेडक्रस उपशाखाको २२ औँ साधारण सभा सम्पन्न


मोहन कुमार राई-माघ १६¸गते । रातो तारा डट कम, संखुवासभा, नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरद्वारा आयोजित २२ औँ साधारणसभा चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । 

उद्घाटनको अवसरमा नगरप्रमुख खत्रीले नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने रेडक्रस अभियानका सात सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताका सिद्धान्तहरुलाई व्यवहारमा उतार्दै मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्रा्ष्ट्रिय संस्था भएकाले महामानव जाँ हेनरी ड्युनाको सपनालाई पुरा गर्न चैनपुर नगरक्षेत्रमा क्रियाशिल रेडक्रसकर्मीहरुले सामाजजिक सेवामा समाजमा नमुना बनेर काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपाका नेता उमेशकुमार डाँगीले रेडक्रस गतिविधिका वारेमा उल्लेख गर्दै हेनरी ड्यूनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरेर आजको अवस्थामा यो पवित्र अन्तर्रा्ष्ट्रिय रेडक्रस संस्था आज विश्वका एक सय ९० राष्ट्रमा फैलिएर मानव सेवामा कार्य गरिरहेको उल्लेख गर्नुहुँदै यहाँका रेडक्रस कर्मीहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता राजेन्द्रबहादुर राउतले नेपालमा वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएसँगै यस जिल्लाको चैनपुरमा समेत यहाँका रेडक्रसकर्मीहरुले मानवीय सेवाको २२औँ  वर्षसम्मको यात्रा तय गर्दा धेरै अनुभवहरू, सिकाइहरूलाई आत्मसात् गर्दै चुनौतीहरूलाई अवसरमा बदल्दै भविश्यका लागि उपयुक्त मार्गदर्शन निर्धारण गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा चैनपुरले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रमममा रेडक्रस अभियन्ताहरु¸सूर्यबहादुर दाहाल¸गोपाल गौतम लगायत वक्ताहरुले मानवीय सेवा गर्ने उदेश्यकासाथ स्थापना भएको अन्तर्रा्ष्ट्रिय रेडक्रसको पृष्ठभूमिलाई नियाल्दा अभियानका संस्थापक हेनरी ड्यूना सन् १८५९ मा व्यवसायको शिलशिलामा नेपोलियन तृतीयलाई भेट्न इटालीको सल्फेरिनो भन्ने ठाउँमा पुगी त्यहाँ अस्ट्रिया, फ्रान्स एकातिर र अर्को्तिर इटलीका सेनाहरूबीच युद्ध लडिरहेको स्मरण गर्दै घाइतेहरुको उपचारका लागि अग्रसरता देखाएको इतिहास स्मरण गर्दै जाँ हेनर्री ड्युनाको योगदानको चर्चा गरिएको थियो । 

कार्यक्रममा रेडक्रस अभियन्ताहरु चैनपुर(६ निवासी सुमन ताम्राकार¸ चैनपुर वडा नं. ७ निवासी मोहनबहादुर अधिकारीलाई सम्मान समेत गरिएको कार्यक्रममा साधारण सभाको सभापतित्व रेडक्रस उपशाखा चैनपुरका सभापति टीकाराम शाहीले गर्नुभएको थियो । 

यसै गरी कार्यक्रममा संस्थाको सांगठनिक एवं आर्थिक प्रतिवेदन उपशाखा सचिव नरबहादुर अधिकारीले गर्नुभएको कार्यक्रम चैनपुरको दिलकुमारीको सभाहलमा सम्पन्न भएको उपशाखा चैनपुरका सहसचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.