Websoft University

धुमधामका साथ वसन्त पञ्चमी मनाइयो


मोहन कुमार राई - माघ १६¸गते । रातो तारा डट कम, संखुवासभा, वसन्त पञ्चमी पर्वको अवसरमा  जिल्ला भरीका शैक्षिक संस्थाहरुले सरस्वती पर्व पुजा आराधना गरी धुमधामकासाथ मनाएका छन् । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेसँगै हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागतकासाथ आजैबाट वसन्त ऋतु भित्रीने गर्दछ । 

कृषकहरुले हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिनको खुशीसँग सरस्वती देवीको पूजा आराधना गर्ने गरिन्छ । धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा आराधना गर्ने गर्दछन् । 

के बालक के प्रौढ घण्टौ लाइनमा उभिएर सरस्वती देवीको पूजा आराधना गर्न जिल्लाका शैक्षिक संस्थाहरु वरुण बहुमुखी क्याम्पस खाँदवारी¸ सरस्वती माध्यमिक विद्यालय चैनपुर¸ हिमालय मा.वि. हेदाङ्ना¸ मादी मा.वि. मादी लगायत जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुले सरस्वती पूजा मनाएका थिए । भगवान श्री कृष्णले वरदान दिए अनुसार विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरेर गणेश, विष्णु, शिव आदि देवताहरुको पूजा अर्चना गर्दै सूर्यको आराधना समेत गरेर सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, नेपालका हिमाल¸ पहाड¸ तराई के सबै ठाउँहरुमा आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाकाहारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ भएका देखिन्थे । 

विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । 

सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् भन्दै वसन्त पञ्चमी मनाउने परम्परा रहीआएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.