Websoft University

पेस्तोल देखाउँदै ब्रासलेट लुटेर भाग्ने लुटेरा प्रहरीको फन्दामा


शिव भट्टराई - सुनसरी भदौ  १५ गते । रातो तारा डट कम,
पेस्तोल लिएर आएको एक लुटेराले मोरङको विराटचोकमा शुक्रवार दिउँसै लुटपाट गरेको छ । तर स्थानीयबासी र प्रहरीको सतर्कताका कारण सुन लुटेर भाग्दै गरेको लुटेरा ठाउँको ठाउँ पक्राउ परेको छ ।

मध्य दिनमा करिब ११ बजेतिर सुन्दरहरैंचा १० विराटचोकमा अबस्थित छत्रबहादुर न्यौपानेले संचालन गर्दै आएको थापा सुनचाँदी पसलमा मास्क लगाएर आएको लुुुटेराले पेस्तोल देखाउँदै ब्रासलेट लुटेर पैदल भागेको थियो ।  सुन पसलमा पेस्तोल देखाउँदै ९.७७ ग्रामको ब्रासलेट लुटेर भाग्दै गर्दा स्थानीयहरुको सहयोगमा प्रहरीले करिब एक किलोमीटर लखेटेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राइले बताए ।

प्रहरी निरीक्षक राइका अनुसार घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट राइकै नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै  प्रहरीले लुटेरालाई पक्रेर नियन्त्रणमा लिएको थियो  । पक्राउ पर्ने लुटेरा भोजपुर दिङ्ला २ घर भई हाल धरानमा बस्दै आएको रोशन भनिने गोपाल दाहाल (वि.क.) भएको प्रहरी निरीक्षक राईले बताए ।

पक्राउ परेका विकबाट प्रहरीले  दुइवटा गोली लोड गरिएको  ७.६ एमएमको  एक थान स्वचालित पेस्तोल र ब्रासलेट बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.