Websoft University

किसानहरु दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै



काठमाण्डौं,भदौं १६ गते । रातो तारा डट कम, बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४÷७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिनुभयो । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा बिक्री गर्ने गरेको छ ।

सहकारीले किसानबाट प्रतिलिटर दूध रु ५७ देखि रु ५८ सम्ममा खरीद गर्ने गरेको छ । सहकारीले सो दूध डेरी उद्योगलाई प्रतिलिटर रु ६७ देखि रु ७५ सम्ममा बिक्री गर्छ । सहकारीले सिंगा, सुर्केमेला र ठूलोखोलाका किसानबाट दूध संकलन गर्दैआएको छ । सहकारीमा ५५ किसान आवद्ध छन् । “एक जनाले दैनिक ४५ लिटरसम्म दूध बिक्री गर्ने गर्छ,” व्यवस्थापक पौडेलले भन्नुभयो ।

सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारको समस्या टरेको स्थानीयवासी मीना खत्रीले बताउनुभयो । दूध बेचेको पैसाले बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.