Websoft University

महानगरका मेयर कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला पर्यो


विराटनगर असोज १४ गते | रातो तारा डट कम, महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगि गर्ने गरेको पाइएको हो ।

पैसा कमाउनका लागि व्यापारीले कतिसम्म उपभोक्तालाई ठग्छन् भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन । विराटनगरका विभिन्न स्थानमा सञ्चालित मासु पसलले खसीको भन्दै बाख्रा मासु बिक्री गर्ने गरेको पाइएको छ । दसैंमा बढी माछा–मासु बढी खपत हुने भएकाले सोही मौका छोपेर व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको गुनासो आएको थियो । कतिपय उपभोक्ताले घरमा लगेर पकाउँदा नपाक्ने,एकछिन राखेपछि गन्हाउने गरेको हर्टलाइनमार्फतटिपाएकाथिए ।


विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जपथ गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्म ५ महिनादेखि डी फ्रीजमा राखेको माछासमेत फेला परेको छ । उक्त माछा पूरै गन्याएको थियो । पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

महानगरले बिहान ६ बजे नै गुद्रीमा पुगेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेर भागेका थिए । मेयर नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलमा फ्रिज भित्र गनाएको मासु फेला परेको थियो । टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि (हर्ट लाइन) मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका मेयर कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए । “हर्टलाइनमा धेरै नै गुनासो आएपछि म आफैं अनुगमन निस्किएको हुँ, उपभोक्ताले गुनासो गरेजस्तै नै रहेछ अवस्था,” उनले भने, “एकपटकलाई हामीले सचेत गराएर छाडेका छौं, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौं । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।”

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रंगसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । मेयर कोइरालाले अब फेरि रंग दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिए । व्यापारीहरू एकपटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । टोलीले दर्ता, नविकरणलगायतका कागजपत्रसमेत चेकजाँच गरेको थियो । अनुगमन टोलीमा आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, महानगरका निरीक्षक अधिकृत हरिप्रसाद गुरागाईं, नगर प्रहरीका प्रमुख राजन पौडेल, खाद्य प्राविधिक धीरज राईलगायत सहभागी भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.