Websoft University

पाँच महिनादेखि थलिएकी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो ।

सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित पुग्नु भएको थियो । सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।

 गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन् । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन् । लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिंदै गएको थियो ।

 बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन् । बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए । सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र चिकित्सकको टोली लिएर सोमबार बिहानै सहनीको घर पुग्नु भएको थियो ।

सहनीको उपचारमा कुनै कमी हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । खाद्यन्नसमेत समस्या देखिएपछि सहनी परिवारलाई खानको समेत व्यवस्था गर्ने उहाँले बताउनुभयो । बिरामीलाई स्पानइल कर्ड इन्जुरीको समस्या रहेको र यसप्रकारको बिरामीलाई राज्यका तर्फबाट उपचारका लागि १ लाख र मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसारको सुविधाहरु उपलब्ध गराइने स्वास्थ्य महाशाखा प्रमुख अलिले बताउनुभयो ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.