Websoft University

ओलम्पिक खेल,२०१६ को औपचारिक उद्धघाटन भयो।


बिराटनगर, साउन २२ गते । ब्राजिलको राजधानी रियो दे जेनेरियोमा ओलम्पिक खेल–२०१६ को औपचारिक उद्धघाटन भएको छ । भव्य कार्यक्रमबीच गरिएको उद्धघाटन कार्यक्रममा प्रस्तुतिहरुको मुख्य विषय विश्व शान्ति र वातावरण थियो । 

ब्राजिलले आफ्नो जंगल र त्यहाँको सांस्कृतिक विविदतालाई पनि कार्यक्रमको हिस्सा बनाएको थियो । उद्धघाटन कार्यक्रम फुटबलकालागि प्रसिद्ध माराकाना रंगशालामा गरिएको हो । कार्यक्रममा ब्राजिलमा पर्चुगिजहरुको प्रवेशदेखि ब्राजिलमा अफ्रिकन बदुवा मजदुर र त्यहाँ रहेका जापानी समुदायसम्मको इतिहासलाई समेटिएको थियो ।

बेजिङ–२००८ र लन्डन–२०१२ भन्दा आर्थिकरुपमा निकै धेरै बन्देजहरुको बाबजुद ओलम्पिकको आयोजना गरेको ब्राजिलले उद्धघाटन कार्यक्रममा थोरै मात्र हाइटेक सामाग्रीको प्रयोग गरेको थियो । कार्यक्रमको सांस्कृतिक झलक देखाउनका लागि कार्निभल पार्टीको आफ्नो मौलिकताको अत्याधिक प्रयोग गरेको थियो ।

कार्यक्रमको सभापतित्व अन्तरिम राष्ट्रपति मिकेल टेम्परले गरेका थिए भने विभिन्न देशका राष्ट्रप्रमुखहरुको पनि सहभागिता रहेको थियो । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.