Websoft University

गाउँपालिका बनाउँन भोगटेनी र सिहंदेवी सकारात्मक


किशन शाही

श्रावण २१ । उत्तरी मोरङको केराबारी,पाटी यांगशिला ,भोगटेनी र सिंहदेवीलाई मिलाएर गाउँ पालिका बनाउन भोगटेनी र सिंहदेवीका स्थानीयवासी सकारात्मक देखिएका छन् ।
विहिवार भोगटेनीको आरुबोटे स्थित गुर्दुम कृषि सहकारी संस्थाको सभाहलमा भएको सिंहदेवी भोेगटेनी र केराबारीका प्रतिनीधि सहित वसेको स्थानीयवासीको पहिलो छलफल भेलामा बोल्ने अधिकांसले सेवासुविधा र कार्यक्षेत्रको रुपमा केराबारी उपर्युतm भएको भन्दै समानुपातिक वितरण न्याय प्रणाली तथा सेवासुविधाका आधारमा समायोजन हुन सकारात्मक देखिएका हुन् ।
साविक लेटाङ–भोगटेनी नगरपालिकामा गाभिएको भोगटेनी १,२,३,४ र ५ वडावासीलाई प्रत्यक्ष तथा परोक्ष रुपमा भूगोलको हिसावले केरावारीमा पायक पर्ने भएकाले पनि यसको विकल्प नरहेको भोगटेनीका स्थानीय प्रतिनीधि पुर्णमाया मगरले बताउनुभयो । साविक लेटाङ भोगटेनी नगरपालिकामा जाँदा पनि विरोध गरेका थियौं । लेटाङमा समायोजन हुन अव्यवहारीक थियो  । नेपाल सरकारले स्थानीय तहको पुर्नसंरचना गर्न आव्हान गरेपछि स्थानीयवासीको चाहना पुरा हुनेमा विश्वस्त भएको महेन्द्र मगरले बताउनुभयो ।
यसैविच धनकुटाको सिमासंग जोडिएको सिंहदेवी गाविसका जनताका लागि केरावारी नै उपर्युतm बताउदै केरावारीमा गाभिन सकारात्मक देखिएको छ । भूगोलको आधारमा सिंहदेवीको १,२,३,४र ५ वडाको एउटा भुगोल र ६,७,८र ९को  भूगोलको कारण दुइ क्षेत्रमा विभाजित भएकाले भूगोललाई मिलाएर दुइ वडा कार्यालय दिन सके समायोजन हुन सकिने धारणा नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष खड्ग ठकुरीले बताउनुभयो । यदपी छलफलको पहिलो चरणमा नै सवै ठोस निर्णय गर्नुभन्दा आम जनताको चाहना र रुचिलाई मध्यनजर गरेर निर्णयमा पुग्न सकिने भएकाले प्रारम्भिक छलफल सकारात्मक भएको एमालेका प्रतिनीधि पे्रम लिम्बुले बताउँनुभयो ।
यसैविच मोरङको उत्तरी पहाडी गाविसहरु पाटी, यांगशिला, भोगटेनी र सिंहदेवी  विगतदेखि दुर्गम क्षेत्रकामा रहेकाले जनसंख्यालाई भन्दा पनि भूगोललाई आधार बनाएर केरावारी सहित एउटे गाउँ पालिका बनाउँन सकिने तर्क खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलियाले बताउनुभयो । राज्यवाट पाउँने सेवासुविधा गाउँ देखि स्थानीय स्तरसम्म पुर्याउन सविधानवाटै स्थानीय तह पुर्नसंरचना गरी अघि वढ्ने बाटो खुल्ला गरिएकाले कुनैपनि जाति र क्षेत्रको पहिचान नमेटिने गरी  पुर्नसंरचना गर्दा उपर्युतm हुने यांगशिलाका प्रतिनीधि प्रेमवहादुर महतले बताउनुभयो । कार्यक्रम भोगटेनीका समाजसेवी विष्णु सोहाङको सभापतित्व र गाविस सचिव शान्तिराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । छलफल कार्यक्रममा नेपाली कांग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्र राप्रपा तथा संघिय समाजवादी पार्टी फोरम लगायतका जिल्ला तथा गाउ स्तरका नेताहरुको उपस्थितीको रहेको थियो ।
स्थानीय तहको पुर्नसंरचना गर्न आव्हान गरेपछि अहिले देशैभरीका उपमहानगर ,नगरपालिका,नगर तथा गाविसहरु आआफनो क्षेत्रको पुनर्संरचनामा जोडतोडका साथ लागेका छन् । यदपी हिमाल पहाड तराई तथा भित्री मधेश तथा विशेष क्षेत्रानुसार जनसंख्या भुगोलका आधारमा पुनर्संरचना गर्नसकिने वताएपछि साविक नगरपालिकाहरु समेत जनसंख्या तथा क्षेत्र मिलाउँन लागि परेका छन् । राज्यले नगरपालिका लागि ७५ हजार र गाउँ पालिकाका लागि ४५ हजार जनसंख्या तोकेको छ ।
पुर्वमा लेटाङ,पश्चिममा धरान सुनसरी, उत्तरमा धनकुटा र दक्षिणमा बेलवारी ,कोशी हरैचा ,सुन्दरदुलारी नगरपालिकाको बिचमा पर्ने सुगम जिल्लाको दुर्गम गाविसको रुपमा परिचित चुरे पहाड र केही तराईका भागहरु सम्मिलित पाँच गाविसलाई मिलाएर गाउँ पालिकामा जान सक्ने सम्भावनाका बाबजुद  सिंहदेवीको जेफाले भ्यु टावर ,पाटी गाउँको ध्वजे डाँडा,महादेवा पार्वती गुफा,यांगशिलाको सप्तकन्या गुफा लगायतको पर्यटन क्षेत्रको प्रबल सम्भावना देखिन्छ भने यस क्षेत्रको जैविक विविधता ,सातपत्रे जंगल सिमसार,खनिज तथा प्राकृतिक श्रोत साधन शैक्षिक पूर्वाधार, संचारसेवा, विकास निर्माण , सामुदायिक वन तथा अन्य सम्भावित खानीहरूको  सम्भावना राम्रो पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.