Websoft University

प्रधानमन्त्रीले पहिलो बैंठक बाटै निर्देशन दिए !

बिराटनगर , २१ गते । नेपालका नयाँ प्रधानमंन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले आफ्ना माहात्ततका निकायहरूलाइ ४ बुँदे निर्देशन दिएकोछ।
भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ । मन्त्रिपरिषदले सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २/२ लाख रुपैया दिने भनी यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने र बाढी पहिरोमा परी मरेका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउनेसहित ४ बुँदे निर्देशनमा हस्ताक्षर गरेर कार्यप्रारम्भ गरका थिए । त्यसको पहिलो बुँदामा गरिब घरपरिबार पहिचान गरी सम्वृद्धिको कार्यक्रम ल्याउने उल्लेख छ । दोस्रोमा भूकम्पपीडितलाई राहत र पुननिर्माणबारे उल्लेख छ । त्यस्तै, देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र मुलुकभरका दलित र कणर्ालीका नवजात शिशुको जन्मदर्ताका लागि म्यादभित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार रुपैया उपलब्ध गराउने त्यसमा उल्लेखछ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.