Websoft University

आज सानो मन्त्रिपरिषद् गठन हुँने।


बिराटनगर, साउन २० गते । कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार नै आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मन्त्रालयको भागबन्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने तयारी गरिएकोहो।
कांग्रेसले पार्टीका तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा तीन सदस्य पठाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा नेतृत्वसहित तीन जनालाई सरकारमा पठाउन लागेको बताएको छ । 
पहिलो चरणमा कांग्रेसबाट अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रमेश लेखकमध्येबाट मन्त्री बन्ने सम्भावना छ । निधिलाई उपप्रधानमन्त्री बनाएर नेतृत्वमा पठाइने भएपछि केसीले आफूले गृह मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन् । तर, देउवा निधिलाई गृहसहित नेतृत्वमा पठाउने तयारीमा छन् । केसीलाई स्थानीय विकास र कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा देउवा छन् । परराष्ट्र नपाएमा आफू सरकारमै नजाने धारणा कोइरालाले राखेका छन् ।
माओवादी केन्द्रको आज बिहान बस्ने हेडक्वार्टर बैठकले आफ्नो पार्टीबाट मन्त्रीमा जानेहरूको नाम छनोट गर्ने भएको छ । पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ । महरालाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने नवनिर्वाचित प्रधानमन्त्री दाहालको तयारी छ । महरालाई अर्थ मन्त्रालय दिइएमा जनार्दन शर्मालाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवार दिइने सम्भावना छ ।
मन्त्रालय भागबन्डा
कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएको छ । आजै सानो मन्त्री परिषद् गठन हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.