Websoft University

आन्तरिक राजनीतिमा राजदूतको अस्वाभाविक चलखेलहरू स्वीकार्य नहुने

काठमाडौं, साउन २४ गते । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुलुकमा हुने विदेशी गतिविधिलाई नजिकबाट नियाल्ने उल्लेख गर्दै आन्तरिक राजनीतिमा हुने राजदूतको अस्वाभाविक चलखेल अस्वीकार्य हुने बताएका छन् । अोलीले मात्र होइन भारतिय राजदुतावास र राजदूतको नेपाल प्रतिको चलखेल, गतिविधि यसबेला जनताले पटकै मनपरायका छैनन् । यसबेला नेपाललाइ दुखेकोछ। कतै सिम्मा पिलर सारिएकाछन्। तर यहाँ तराइमा यसबेला जातको कुरा भन्दा देशको कुरा चलिरहेकोछ, सरकार चुपछ के हो यो ?
ओलीलाई भेट्न एमाले पार्टी मुख्यालय धुम्बाराही नै पुगेका भारतीय राजदूत रणजित रायलाई ओलीले मुलुकको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल एमालेका लागि स्वीकार्य नहुने बताएका हुन् । ओली सत्ताबाट बाहिरिएपछि रायले पहिलो पटक उनलाई भेटेका हुन् । चिनियाँ राजदूतले शनिबार भेटेको भोलिपल्टै आइतबार ओलीलाई भेट्न राय पार्टी कार्यालय पुगेका हुन् । दुवै भेट राजदूतकै चाहनामा भएको हो ।
‘भेटमा ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरूसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेलहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो,’ यो कुरा एमाले केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख छ ।
त्यस्ता चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.